नेपाली मिडफिल्डर रोहित इन्डाेनेसियामा ‘उत्कृष्ट खेलाडी’काे उपाधि जित्न सफल

नेपाली मिडफिल्डर रोहित इन्डाेनेसियामा ‘उत्कृष्ट खेलाडी’काे उपाधि जित्न सफल

काठमाडाैँ मङ्सिर २४ । नेपाली मिडफिल्डर रोहित चन्दले  इन्डाेनेसियामा लिगकाे ‘उत्कृष्ट खेलाडी’काे उपाधि हात पारेका छन् । उनी सार्कराष्ट्रबाहिर यसरी उपाधि जित्ने पहिलो नेपाली फुटबलर समेत बनेका छन् ।

 

सन् २०१३ देखि निरन्तर पर्सिजा टिमबाट खेलिरहेका रोहितको टिमले यसपटक इन्डोनेसियाकाे फुटबल लिग वनमा उपाधि जितेको हाे । लिगको अन्तिम खेलमा राेहितकाे टिमले मित्रा कुकरलाई २-१ गाेल अन्तरले हराउँदै लिगको शीर्ष स्थानमा रहन सफल भयाे । पर्सिजाको जितका लागि लागि सिमिसले गरेका दुई गोल नै निर्णायक बने ।

unn.prixa.net

साे लिगमा रोहित ‘मोष्ट भ्यालुएबल’ खेलाडी घाेषित भएका छन् । उनले यो सिजनमा टिमबाट २१ खेल खेलेका छन् भने ३ गोल गरेका छन् ।

यसअघि विदेशी भूमिमा पहिलाे उपाधि हात पार्ने नेपाली फुटबलरमा किरण चेम्जोङ थिए तापनि उनले सार्क क्षेत्रभित्र मात्रै उपाधि हात पारेका थिए । गोलकिपर किरणले मल्दिभ्स र भारतको आई लिगमा उपाधि जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्