ईपीएल : आजको पहिलो खेलमा काठमाडौं किङस विजयी

ईपीएल : आजको पहिलो खेलमा काठमाडौं किङस विजयी

काठमाडौं मङ्सिर २४ । सोमपाल कामीको कप्तानीमा रहेको काठमाडौं किङस इलाभेनले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

आज भएको खेलमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ६ विकेटले हराउँदै काठमाडौंले विजयी सुरुवात गरेको हो ।

टियु क्रिकेट मैदानमा चितवनले दिएको १६१ रनको लक्ष्य काठमाडौंले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

काठमाडौंको जितमा भारतीय खेलाडी सुब्रमनियन आनन्दले १८ बलमा अविजित ४३ रन जोडे । सुब्रमनियन प्लेयर अफ दि म्याच चुनिए ।

यस्तै अमर सिंह रौटेला २१ रनमा अविजित रहे । त्यस्तै काठमाडौंका लागि सागर पुनले ३९ रन जोड्दा नरेश बुढाएरले २२ तथा अमित श्रेष्ठले १८ रन जोडे । चितवनका साहब आलमले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले १९ ओभर ५ बलमा अलआउट हुँदै १६० रन बनाएको थियो ।

चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४५ रन जोड्दा पल स्टर्लिङले ३४ रनको योगदान दिए ।

यस्तै सन्दीप सुनारले २५ तथा पृथु बास्कोटा २० रनमा अविजित रहे । काठमाडौंका संसद सेख र प्रदीप साहुले ३र३ विकेट लिए ।

जितसंगै काठमाडौंले २ अंक जोडेको छ । चितवनले भने लगातार दोस्रो हार व्यहोरेको छ । चितवनले २ खेलबाट अंक जोड्न सकेको छैन ।

यसअघि पहिलो खेलमा चितवन ललितपुर प्याट्रीयट्ससंग ११ रनले पराजित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्