‘दि भ्वाइस अफ नेपाल’को फाइनलमा धुर्मुस र सुन्तली सहभागी हुने

‘दि भ्वाइस अफ नेपाल’को फाइनलमा धुर्मुस र सुन्तली सहभागी हुने

काठमाडौं मङ्सिर २४ । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को फाइनलमा हास्य कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे’ सहभागी हुने भएका छन् । मंसिर २८ गते कतारको द्वोहामा हुने फाइनलमा कलाकार द्वय धुर्मुस र सुन्तली उपस्थित हुने ‘दि भ्वाइस अफ नेपाल’ले जनाएको छ ।

‘दि भ्वाइस अफ नेपाल’ले आफ्नो युट्युब एकाउन्टमा फाइनलको प्रोमोसमेत बनाएर अपलोड गरेको छ । प्रोमोमा धुर्मुस र सुन्तलीले स्वयम्ले फाइनल कतारमा हुने जानकारी दिँदै उक्त शोमा उपस्थितीका लागि आग्रहसमेत गरेका छन् ।

‘दि भ्वाइस अफ नेपाल’को फाइनलमा ४ जना पुगेका छन् । फाइनलमा पुग्नेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, टिम प्रमोद खरेलबाट श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य छन् ।

सेमिफाइनलमा पुग्ने विद्या तिवारी, विवेक वाइवा लामा, सुशील गर्तौला र श्रेया राईले पनि कतारमा हुने फाइनल शोमा आआफ्नो प्रस्तुती भने प्रस्तुत गर्नेछन् ।

‘दि भ्वाइस अफ नेपाल’ नेपालमा पहिलोपटक आयोजना गरिएको छ । ‘दि भ्वाइस अफ नेपाल’का विजेताले टाइटल २५ लाख रुपैयाँ नगद, कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्