ईपीएल : आज विराटनगर वारियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दै

ईपीएल : आज विराटनगर वारियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दै

काठमाडौं मङ्सिर २५ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज (मंगलबार) विराटनगर वारियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन् । ईपीएलको उद्घाटन खेलमा जित निकाल्दै सुखद् सुुरुआत गरेको विराटनगर वारियर्स र दुुई खेलमा पराजय भोगेको पोखरा राइनोजले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान प्रतिस्पर्धा गर्दैछन् ।

बिहान ९ बजे हुने खेलमा विर।ाटनगरको कप्तानी राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सम्हालेका छन् भने पोखरा राइनोजको स्कटल्यान्डका कप्तान काइल कोइट्जरले गरेका छन् । दुुई कप्तानबीचको खेल रोमाञ्चक हुने विश्वास लिइएको छ । कप्तान खड्काले सािवक विजेता टिम भएकाले पनि आफ्नो टिमले राम्रो प्रदर्शन गर्नै पर्ने चुुनैति रहेको बताइसकेका छन् ।

त्यस्तै, लगातार दुुई खेलमा ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेपनि बलरकै कारण हार व्यहोरेका कोइट्जरले बलरको प्रदर्शनमा सुधार आउने विश्वास लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्