विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्लाडियट्स प्लेअफमा

विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्लाडियट्स प्लेअफमा

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्लाडियट्स प्लेअफमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारियर्सले दिएको ९२ रनको लक्ष्य भैरहवाले १९.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

अन्तिम ६ बलमा ६ रन चाहिएको अवस्थामा क्रिजमा रोहित कुुमार पौडेल र मोहमद नाभिद थिए भने अन्तिम ओभर बलिङ गर्न विराटनगरका कप्तान पारस खड्का आएका थिए ।

रोहित र नाभिदले पहिलो बलमा एक रन लिए भने दोस्रो बलमा २ रन लिएपछि ४ बलमा ३ रन चाहीएको अवस्थामा तेस्रो बलमा पनि २ रन लिदै लक्ष्य घटाएको भैरहवाका लागि अन्तिम ३ बलमा १ रन चाहीएको थियो । चौथो बलमा १ रन लिएपछि खेलको २ बल बाँकी हुँदै भैरहवाले लक्ष्य पुरा गरेपछि भैरहवाले विराटनगरमाथि ४ विकेटको जित निकालेको हो । भैरहवालाई जित दिलाएका रोहितले ७ रन बनाए ।

भैरहवाका लागि २३ बलमा १६ रन बनाएर खेलीरहेका कप्तान शरद भेषावकरलाई रोविन क्षेत्रीले बोल्ड आउट गरे ।

३३ बलमा २० रन बनाएका रायन टेन डोस्काटेलाई वसन्त रेग्मीको बलमा भान डेर डोस्काटेले क्याच आउट गरेका थिए । १२ रन बनाएर खेलीरहेका रविइन्दर सिंहलाई भान डेर मेरवेले आफ्नै बलमा आफैेले क्याच गर्दै आउट गरेका थिए । भने १० रन बनाएका प्रदिप ऐरीलाई पनि मेरवेले बोल्ड आउट गराएका थिए । त्यस्तै, ७ रनब नाएर खेलीरहेका कुसल मल्ललाई पाउल भान मेकेरेनको बलमा अनिल शाहले क्याच आउट गरेका थिए ।

भैरहवाविरुद्ध विराटनगरका भान डेर मेरवेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १० रन खर्चेर २ विकेट लिए । त्यस्तै, समान ४—४ ओभर बलिङ गरेका वसन्त रेग्मी, करण केसी र पाउल भान मेकेरेनले समान एक—एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको विराटनगरका भान डेर मारवेले २५ रन, करण केसीले १८ रन, सुमित महर्जन १५ र हरि चौहानले अविजित १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
विराटनगरका आसिफ शेख र रोविन क्षेत्री शुन्य रनमा आउट हुँदा ओपनिङमा आएका कप्तान पारस खड्का एक रन, अनिल शाह ४ रन र बाबर हायत ६ रन बनाएर पवेलियन फर्किएका थिए ।

त्यस्तै, वसन्त रेग्मी ५ रन,  आएपनि एक रन बनाएर आउट भएका थिए ।

विराटनगरलाई कम रनमा रोक्न भैरहवाका बलरहरुले कसिलो बलिङ गरे । भैरहवाका लागि मोहमद नाभिदले ४ ओभर बलिङ गर्दै १४ रन मात्रै खर्चेर ४ विकेट लिए । कृष्ण कार्की र अभिनास बोहराले समान दुुई —दुुई विकेट लिए भने रायन टेन डोस्काटे र कप्तान शरद भेषवाकरले समान एक—एक विकेट लिए ।

योसँगै भैरहवाले तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै ६ अंक सहित प्लेअफमा स्थान बनाएको छ भने पहिलो पराजय व्यहोरेको विराटनगरको ४ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्