‘नेपाल आइडल’को फाइनल पुल्चोक इन्जिनियरिङ कलेजमा हुने

‘नेपाल आइडल’को फाइनल पुल्चोक इन्जिनियरिङ कलेजमा हुने

काठमाडौं मङ्सिर २८ । सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’को फाइनल ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजमा हुने भएको छ । पुस ६ गते फाइनल पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा हुन लागेको हो । गत वर्षको ‘नेपाल आइडल’ सिजन वनको फाइनल कतारमा भएको थियो ।

नेपाल आइडलमा फाइनलमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड गरि चार जना प्रतिस्पर्धी पुगेका छन् । बिहीबारको प्रस्तुतीमा मुख्य निर्णायक न्युह् बज्राचार्यले चारै जना प्रतिस्पर्धीलाई फाइनलमा लैजाने बताएका हुन् ।

विक्रम र सुमित गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् । गोल्डेन माइक पोखराकी निलिमा थापा मगर र चितवनका मीनराज पौडेलले पनि पाएका थिए तर उनीहरु प्रतिस्पर्धाबाट बाहिरिसकेका छन् । ‘नेपाल आइडल’को निर्णायकका रुपमा न्युह् बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी छन् ।

सिजन वनमा पनि उनीहरु नै निर्णायक थिए । होस्टमा गत शिजनमा सुशील नेपाल र रिमा विश्वकर्मा रहेकोमा अहिले सुशीलको ठाउँका आशिफ शाह छन् ।

सिजन वनमा गाला राउण्डमा पुगिसकेपछि दर्शकको भोटका आधारमा प्रतिस्पर्धीको निर्णय गरिएको थियो । तर, यो सिजनमा भने परिमार्जन गरेर गाला राउण्डमा पनि निर्णायकमा ५० प्रतिशत अधिकार राखिएको छ ।

‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।

सिजन वनमा बुद्ध लामा नेपाल आइडल भएका थिए । लामा पहिलो नेपाल आइडल हुँदा फष्ट रनरअप निशान भट्टराई र सेकेण्ड रनरअप प्रताप दास भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्