ईपीएल : विराटनगर वारियर्सले टस जितेर चितवन टाइगर्सलाई ब्याटिङको निम्तो

ईपीएल : विराटनगर वारियर्सले टस जितेर चितवन टाइगर्सलाई ब्याटिङको निम्तो

काठमाडौं मङ्सिर २८ ।

एभरेष्ट प्रिमियर लिग–ईपीएल) को दसौं खेलमा विराटनगर वारियर्सले टस जितेर चितवन टाइगर्सलाई ब्याटिङको निम्तो दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरले आफ्नो चौथो खेलमा टस जितेर फिल्डिङ रोजेको हो ।

यसअघि तीन खेल खेलेको विराटनगरले लगातार दुई खेलमा जित निकाले पनि तेस्रो खेलमा भैरहवा ग्लाडियट्र्ससँग पराजित भएको थियो ।

समान तीन खेल खेलेको चितवनले लगातार तीन खेलमा हार बेहोरेको छ । आजको खेलमा जित निकाल्न सकेकोखण्डमा विराटनगर प्लेअफमा प्रवेश गर्नेछ भने चितवनले जितेको खण्डमा प्लेअफ पुग्ने सम्भावना कायम राख्न अर्को खेलमा पनि जित निकाल्नुका साथै अन्य टिमको नतिजामा भर पर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्