बिराटनगरकी इशिका मोडलिङ संगै गायन क्षेत्रमा जम्ने प्रयासमा

बिराटनगरकी इशिका मोडलिङ संगै गायन क्षेत्रमा जम्ने प्रयासमा

बिराटनगर पुस १ ,

बिराटनगरमा आयोजना हुने बिभिन्न कार्यक्रममा गायक प्रस्तुत गरिसकेकी इशिका मोडलिङमा समेत जम्ने प्रयासमा छिन  । केहि पूर्वका ब्राण्डसंग पनि मोडलिङमा जोडिएकी उनि आफ्नो दुवै रुचिलाई सगंसंगै लिएर जाने विचारमा छिन ।

आफ्नी दिदीलाई प्रेरणाको श्रोत मान्ने इशिकालाई सानै उमेर देखि गायनमा विशेष रुचि थियो तर परिवारबाट खासै सहयोग पाइनन् ।

त्यसपछि जेसिज ट्यालेन्ट हन्ट जस्ता बिभिन्न कार्यक्रममा भाग लिएर सबैको मन जित्न सफल भएकी इशिकालाई त्यसपछि घरपरिवारबाट पनि सहयोग प्राप्त भयो। पढाइ, मोडलिङ र गायन तिनैलाई कसरी ब्यवस्थापन गर्नु हुन्छ भन्ने हाम्रो प्रश्नमा उनि भन्छिन “आफुले चाहेको कुरा गर्न मन भए समय ब्यवस्थापन गर्न सकिन्छ”। उनलाई केहि फिल्महरुबाट पनि अफर आइसकेको बताउछिन ।

“हाम्रो समाजमा केटीहरूलाई मोडलिङ क्षेत्रमा लागेको नराम्रो दृत्षिकोणले हेर्ने गरिन्छ, त्यो दृत्षिकोण हटाउने मेरो प्रयास हुनेछ ” उनि भन्छिन ।

प्रशिक्षार्थी पत्रकार : प्रेम पारख 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्