इपीएल : आज विराटनगर वारियर्सलाई जित्नै पर्ने दबाब

<span class='c1'>इपीएल : आज विराटनगर</span> <span class='c2'>वारियर्सलाई जित्नै पर्ने दबाब</span>

बिराटनगर पुष २ , एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) क्रिकेटमा आजदेखि समूह चरणका खेलहरू सकिने भएका छन्। समूह चरणको अन्तिम खेलमा आज पारस खड्काको विराटनगर वारियर्सले सोमपाल कामी मार्की खेलाडी हरेको रोहन मुस्ताफाको कप्तानीमा रहेको काठमाडौं किङ्स इलाभेल खेल्दैछन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे हुने खेलमा आज विराटनगर वारियर्सलाई जित्नैपर्ने दबाब छ। यता एक खेल अगावै प्ले अफमा पुगिसकेको काठमाडौंले आजको खेल जिते क्वालिफायर खेल्ने सम्भावना रहन्छ।

प्लेअफमा पुग्न विराटनगरलाई जित्नै पर्ने वाध्यता रहेको छ यदि विराटनगर आज हारेको खण्डमा चितवनले मौका पाउनेछ।

राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्काको नेतृत्वमा रहेको विराटनगरले अहिलेसम्म चार मध्ये २ खेलमा मात्रै जित हात पारेको छ। काठमाडौंले चार मध्ये ३ खेलमा जित हात पार्दै प्ले अफमा स्थान सुरक्षित गरिसकेको छ ।

यो खेलसँगै क्वालिफायर पुग्ने अन्तिम टोली र प्ले अफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ ।

विभिन्न ६ फ्रेन्चाईज टोलीले प्रतिस्पर्धा गरिरहेको ईपीएलमा प्ले अफ पुग्ने तीन टोलीको तय भईसकेको छ। काठमाडौंसहित ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीयटर्स प्ले अफ पुगिसकेका छन्। ललितपुर भने शीर्ष दुईमा पर्दै क्वालिफायर नै पुगिसकेको छ।

अब साविकको विजेता विराटनगर र चितवन टाइगर्समध्ये एक टोलीले प्ले अफमा स्थान बनाउनेछन्। लगातार पाँच खेल गुमाएको पोखरा भने बाहिरिसकेको छ।

ईपीएलको नियम अनुसार शीर्ष दुई टोलीले क्वालिफायर खेल्नेछन्। क्वालिफायरको विजेताले सिधै फाइनल खेल्नेछ। पराजित टोलीले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नुपर्ने हुन्छ।

यस्तै लिगको तेस्रो र चौथो स्थानमा रहने टोलीले भने क्वालिफायर-२ का लागि इलिमिनेटर खेल्नेछन्।

इलिमिनेटरमा विजयी हुने टोलीले क्वालिफायर -२ मा पहिलो क्वालिफायरबाट पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्