तीन युवा क्रिकेटरले वीरेन्द्र सेहवाग एकेडेमीमा प्रशिक्षण लिन पाउने

तीन युवा क्रिकेटरले वीरेन्द्र सेहवाग एकेडेमीमा प्रशिक्षण लिन पाउने

काठमाडौं पुष ३ ।

यु–१९ टोलीका दुई सदस्यसहित नेपालका तीन क्रिकेट खेलाडीले भारतको वीरेन्द्र सेहवाग क्रिकेट एकेडेमीमा प्रशिक्षण लिन पाउने भएका छन् ।

सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहयोगमा यु–१९ क्रिकेट टोलीका ओपनर रित गौतम र तृतराज दास तथा भुपेन्द्रराज उप्रेतीले उक्त एकेडेमीमा १ महिना प्रशिक्षण गर्ने फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले बताए । उक्त एकेडेमी भारतका पूर्व ओपनर वीरेन्द्र सेहवागले स्थापना गरेका हुन् ।  तीनैजनालाई एकेडेमीले छात्रवृत्ति प्रदान गरेको हो ।

एकेडेमीमा बिसिसिआईका दक्ष प्रशिक्षकले प्रशिक्षण दिनेछन् । छात्रवृत्तिका लागि सुशील कोइराला मेमोरियल फाउन्डेसनले समन्वय गरेको हो । छात्रवृत्तिबाहेकअन्य सबै खर्च फाउन्डेसनले बेहोर्ने सदस्यसचिव कोइरालाले बताए ।

रित र तृतराजले यु–१६ टोलीमा राम्रो प्रदर्शन गरेका करण छनोट गरिएको हो भने भुपेन्द्रराजलाई निम्नवर्गीय परिवारबाट छनोट गरिएको यु–१९ टोलीका प्रशिक्षक विनोद दासले बताए । “नेपालमा अहिले उमेर समूहमा प्रतियोगिताहरू नै भएका छैनन् । यस्तो अवस्थामा हाम्रा खेलाडीहरूले खेल्न पाउनु पनि ठूलो कुरा भैसकेको छ,” दासले भने, “उनीहरूले त्यहाँ प्रशिक्षण गर्दा अन्ततः नेपाली क्रिकेटलाई नै फाइदा हुन्छ । प्रशिक्षण ब्याटिङमा केन्द्रित हुन्छ ।”
नेपाली खेलाडीहरू बिहीवार भरत प्रस्थान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्