झोराहाटमा जिन्दावाद र मुर्दावादको नारा, मदन भण्डारीको मृत्युसँगै खुसी हराएको त्याे क्षण

झोराहाटमा जिन्दावाद र मुर्दावादको नारा, मदन भण्डारीको मृत्युसँगै  खुसी हराएको त्याे क्षण

विराटनगर, ४ पुस ।
विगत केही दिन देखि झोराहाटमा जिन्दावाद र मुर्दावादको नारा लाग्दै छ । कोही भाषण गर्दै गरेका अनी कोही आफ्ना भाषणमा क्रान्ती र राजसंस्था ढाल्ने कुरा गर्दै गर्दा कतै गोली चल्छ कतै भागदौड मच्चीन्छ । अनी बर्बरिकको समर्थनमा सबै एक ठाउँमा उभिन्छन् । हरेक सुख दुखमा साथ दिने देखि राजनीति क्रान्ती सफल गर्ने अभियानमा सहयोग गर्ने गरी भएको आमनागरिकको सहयोगले बर्बरिक शक्तिशाली नेताको रुपमा चिनिन्छन् । यो झोराहाट नाट्य केन्द्रमा चलेको नाटक बर्बरिकको दृश्य हो ।
नाटक बर्बरिक हेर्न जानेहरुको भिड छ । नाटकमा बिरामी गणेशमान सिंहलाई अस्पतालबाट आन्दोलनको नेतृत्व कर्ताको रुपमा उभ्याईएको छ । भने मदन भण्डारीलाई बर्बरिकको रुपमा आन्दोलनको नेतृत्व गर्ने ब्यक्तिको रुपमा देखाईएको छ । कुनैदिन बर्बरिक आफ्नै घरमा भएको बेला चारैतिर आन्दोलन उत्कर्षमा पुगेको त्यो क्षणमा प्रहरी उनकै घरमा आई पुग्छ । ढोका ढक्–ढक्को आवाजले अप्ठेरोमा परेका उनलाई एउटी बच्चा जन्माउने महिलाको रुपमा नाटकमा देखिईदा यो क्षणमा दर्शकले हाँसो थाम्न सकेनन् । प्रहरी घर भित्र प्रवेश गर्दा बर्बरिकलाई महिलाको कपडा लगाएर बच्चा पाउन लागेको अबस्थामा उभ्याईएको छ ।त्यो दृश्यको एकै छिनमा राजा बिरेन्द्रको भुमिका पनि बर्बरिक नाटकमा देख्न सकिन्छ । राजा बिरेन्द्रको भुमिकामा देखिएका कलाकारले त्यो बेलाको आन्दोलनका कुरालाई जस्ताको त्यस्तै उतार्ने प्रयास गरेका छन् । आन्दोलनको बिषय जनतासँग जोडिएकोले राजा बिरेन्द्रलाई सकारात्मक रुपमा उभ्याईएको छ भने रानीलाई जनताको बिरोधीको रुपमा नाटकले चित्रण गर्न खोजेको छ । ताप्लेजुङ देखि बिराटनगर अनी बिराटनगर हुँदै सिरहा र काठमाण्डौको दृश्यलाई नाटकमा देखाईएको छ ।
नेकपाका नेता प्रदिप नेपालले लेखेको उपन्यास बर्बरिकको नाट्य रुपान्तरण झोहाराट नाट्य केन्द्रका अध्यक्ष भरत गुरागाईले एक बर्ष अघि नै गरेका हुन् । लेखकसँगको अनुमती लिएर नाटकलाई ढाँचा दिएको बताएका गुरागाईँले झोहाराटमा सफल भएको नाटकलाई अबको १५ दिन पछि काठमाडौमा पनि देखाउन लागिएको बताए । गुरागाईँका अनुसार, ईतिहाँसको खोजी जुन रहस्यको रुपमा रहेको छ त्यो बाहिर ल्याउने उद्देश्य नाटकले बोकेको छ ।’
कलाकारका उस्तै हुलिया
जिन्दावाद र मुर्दावादको नाराबाट शुरु हुने नाटक बर्बरिकमा बिभिन्न कलाकारहरुको हुलिया नाटकमा देखाईने पात्रसँग मिलाउन खोजिएका छन् । नाट्य रुपान्तरण गरेका भरत गुरागाईले बर्बरिक अर्थात मदन भण्डारीको भुमिका निभाएका छन् भने राजा बिरेन्द्रको भुमिकामा हुबहु प्रस्तुत भएका छन् कलाकार प्रयाग न्यौपाने । दिपा पोखरेललाई दिईएको बिद्या भण्डारीको भुमिका उनले दर्शकलाई मोहित पार्ने गरी निभाएकी छिन् । त्यस्तै नाटकमा सुदिप कार्कीलाई एउटा लेखक पत्रकारको रुपमा उभ्याईएको छ । उनको भुमिका नाटक अबधि भर लेखनको माध्यामबाट भित्री कुरा बाहिर ल्याउने र आन्दोलनलाई सघाउने खालको देखिन्छ ।

त्यस्तै अर्को पत्रमा डिबी बस्नेत देखिएका छन् उनको भुमिका जर्नेलको रहेको छ । त्यस्तै दिब्यालाई चिया पसलकी साहुनीको रुपमा देख्न पाईन्छ भने दिक्षा चौधरीलाई रानीको रुपमा देखाईएको छ । बर्बरिकको बरगाछिको एउटा घरमा देखाईन्छ त्यो घरमा अनु श्रेष्ठलाई देखाईन्छ । उनको त्यहाँ लेखक पत्रकारको काकीको भुमिका निभाउन लगाईएको छ ।
नाटकको अन्त्य वियोगान्त
नाटकमा राजासँगको भेट पछि चुपचाप बाहिरिएका बर्बरिक कहाँ जान्छन् कसैले थाहै पाउँदैनन् । आन्दोलन र जनताको पक्षमा कडा देखिएका बर्बरिकलाई बिभिन्न समयमा बिभिन्न नामले बोलाएको पाईन्छ । राजा बिरेन्द्र सकारात्मक देखिएपनि रानीको भुमिकालाई पनि नाटकमा देखाईएको छ । जहाँ रानीको भुमिका बर्बरिकलाई सिध्याउने खालको देखिन्छ । उनलाई जर्नेलले सहयोग गरेका छन् । जब जर्नेलले बर्बरिकलाई सिध्याईदिने अभिब्यक्ति दिन्छन् अनी नाटक शोेकमा बदलिन्छ । एकाएक शव डङ्रङ्ग ढलेको बेला सबै स्तब्ध हुन्छन् ।सबैले पाएको एउटा अभिभावक गुमाएको महसुस गर्छन् । कसरी बर्बरिकको मृत्यु हुन्छ त्यो कसैले पत्तोसम्म पाउँदैनन् । उनको शवलाई उठाई रहँदा दर्शकका आँखाबाट आँसुका खसेको देखिन्छ । नाटकमा देखिईएको एउटा कथा दर्शकलाई रुवाएँदै अन्त्य हुन्छ ।
मदनको ४० देखि ५० सालको झल्को
यसरी नाटक हेरेका जो कोहीले नाटकलाई जीवन्त बनाउने प्रयास गरेको प्रतिक्रिया दिएका छन् । नाटकमा २०४० साल देखि ५० सालको बिचमा भएका घटनाक्रमलाई देखाईएकोले नाटकमा मदनका गतिबिधिलाई देखाउन खोज्नु अत्यन्त राम्रो भएको बताएका छन् । नाटक हेरेपछि प्रतिक्रिया दिँदै दिनेश श्रेष्ठले भने, नाटक धेरै राम्रो रहेको छ, नाटकले एउटा ईतिहाँस बोकेको छ । नाटक हेर्नकै लागि भोजपुरबाट आएका मणी प्रधान र तनहुबाट आएका राम श्रेष्ठले नाटकले मदन भण्डारीको जीवन भोगाई मात्र हैन एउटा कालखण्डको अबस्थालाई जस्ताको त्यस्तै देखाएको बताए । (प्रस्तुती : सुमन सुस्केरा )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्