सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर

<span class='c1'>सडक विस्तार गर्न</span> <span class='c2'>हेटौंडामा बिहानैदेखि डोजर</span>

मकवानपुर । हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक भत्काउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि जेसीवी प्रयोग गरेर सडक सीमा खाली गराउन सुरु गरेको हो । सडक सीमा भित्रको २५–२५ गज क्षेत्र खाली गराउने गरी हेटौँडा–१० राप्ती रोडमा जेसीवी प्रयोग गरिएको छ ।

कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको ९.५ किलोमिटर सडक क्षेत्रमा निर्माण भएका सार्वजनिक निजी संरचना हटाइएको हो ।
२०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास भए पनि रोकिँदै आएको थियो। हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकबाट सामरी पुलसम्म सडक विस्तार शुरु भएको हो । २५ मिटर क्षेत्रमा परेका घर टहरा हटाउँदै हेटौँडामा राजमार्गको आवागमनसमेत वैकल्पिक व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्