कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर अधिकारीसँग अन्तरक्रिया

<span class='c1'>कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र</span> <span class='c2'>बैंकका पूर्व गर्भनर अधिकारीसँग अन्तरक्रिया</span>

इटहरी । नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टर्नमा आयोजना गर्न लागेको ‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा फाउन्डेसनका प्रमुख सल्लाहकार महाप्रसाद अधिकारीसँग अन्तरक्रिया गरेको छ ।
फाउन्डेसनको इटहरीस्थित कार्यालयमा अनौपचारिक छलफलको आयोजना गरिएको थियो । सो क्रममा प्रमुख सल्लाहकार तथा पूर्व गर्भनर अधिकारीले कोशी प्रदेशका लागि यस्तो स्तरको अवार्ड आयोजना गर्नु आफैँमा उत्कृष्ट काम भएको टिप्पणी गरे ।

उनले अवार्डलाई पारदर्शी, निष्पक्ष र प्रदेशका लागि अत्यन्त महत्त्वपूर्ण बनाउने लक्ष्यसहित सबैजना एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
त्यसैगरी, अवार्डका इभेन्ट म्यानेजर सन्तोष धमलाले गत वर्षझैँ यस वर्ष पनि कार्यक्रमलाई उत्कृष्ट बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए । उनले इभेन्टमा कुनै पनि कमी हुन नदिन आवश्यक सबै क्षेत्र समेटेर तयारी भइरहेको जानकारी दिए । फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले अवार्डका लागि अहिलेसम्म भएका तयारी र प्रगतिबारे जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्