चलचित्र ‘जात्रै जात्रा’ को रिलिज डेट परिवर्तन हुने

चलचित्र ‘जात्रै जात्रा’ को रिलिज डेट परिवर्तन हुने

काठमाडौं पुष ४ । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’ को रिलिज डेट परिवर्तन हुने भएको छ । चलचित्रका मुख्य कलाकार अभिनेता विपिन कार्की मोटरसाइकल दुर्घटनामा परेपछि छायांकन प्रभावित भएको थियो ।

मंसिर ४ गते टेकुमा मोटरसाइकलले ठक्कर दिएपछि खुट्टा भाँचिएका विपिन अहिले अप्रेसन पछि रेष्टमा छन् । अझै करिब दुई हप्ता उनी रेष्टमा बस्ने विपिन बताउँछन् । उनी मंसिर ४ गते विहान छायांकनका लागि बालाजुस्थित एनएफडीसी स्टुडियो जाने क्रममा दुर्घटनामा परेका थिए ।

यस अघि ‘जात्रै जात्रा’ फागुन १७ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको थियो । अन्य कलाकारको पार्ट छायांकन गरेपनि अझै करिब ५० प्रतिशत छायांकन गर्न बाँकी छ । 

विपिन स्वस्थ भएपछि चलचित्र छायांकन सुरु गरिने र रिलिज डेट तय गरिने निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाले जानकारी दिए । विपिनसँगै रविन्द्रसिंह बानिया, रविन्द्र झा, वर्षा राउत लगायत कलाकार मुख्य भूमिकामा रहेको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरिरहेका छन् ।

‘जात्रै जात्रा’ चलचित्र ‘जात्रा’को सिक्वेल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्