आईपीएल अक्सनमा युवा खेलाडीमाथि नजर,यी हुन् १० महँगा खेलाडी

आईपीएल अक्सनमा युवा खेलाडीमाथि नजर,यी हुन् १० महँगा खेलाडी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा नयाँ सिजनका लागि मंगलबार राति भएको अक्सनमा युवा खेलाडीमा धेरै टोलीको आँखा गएको छ । ८ फ्रेन्जाइज क्लबले ६० खेलाडी अनुबन्ध गरेका छन् । त्यसमध्ये केही ठूलो रकममा अनुबन्ध भएका छन् भने ३२ जना नयाँ अनुहार छन् ।

महँगा खेलाडीमध्येका एक हुन्, तामिलनाडुका स्पिनर वरुण चक्रवर्ती । ६ फरक भेरियसनमा बल फ्याँक्न सक्ने चक्रवर्तीलाई किंग्स ११ पञ्जाबले ८ करोड ४० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो । समान ८ करोड ४० लाख भारतीय रुपैयाँमा राजस्थान रोयल्सले जयदेव उनडकटलाई अनुबन्ध गरेको छ ।

तिव्र गतिका २० बलर मंगलबार राति आईपीएल अक्सनमा बिक्री भए । २० मध्ये १४ स्थानीय खेलाडी छन् । त्यसमध्ये ६ खेलाडीले भारतको राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । ती सबैलाई १ करोड भारुभन्दा माथिको बोली लागेको छ । इशान्त शर्मालाई १ करोड १० लाख भारुमा दिल्ली क्यापिटल्सले अनुबन्ध गरेको छ । मोहित शर्मालाई ५ करोड भारुमा चेन्नई सुपर किंग्सले अनुबन्ध गरेको छ भने मोहम्मद सामी ४ करोड ८० लाखमा किंग्स ११ पञ्जाबमा अनुबन्धित भएका छन् । बरिन्दर स्रन ३ करोड ४० लाख भारुमा मुम्बई इन्डियन्समा अनुबन्ध भए । वरुण एरोनलाई राजस्थान रोयल्सले २ करोड ४० लाखमा अनुबन्ध गर्यो ।

इङ्ल्यान्डका २० वर्षे युवा बलर साम कुरान सबैभन्दा महँगो विदेशी खेलाडी बनेका छन् । भारतविरुद्धको टेस्टमा प्रभाव छाड्न सफल कुरानलाई किंग्स ११ पञ्जाबले ७ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको हो । दक्षिण अफ्रिकाका कोलिन इनग्राम ६ करोड ४० लाख भारुमा दिल्ली क्यापिटल्समा अनुबन्ध हुँदा क्यामरुन ब्रेथह्वाइट ५ करोडमा कोलकाता नाइट राइडर्समा अनुबन्ध भए ।

२० लाख आधरमूल्य रहेका १७ वर्षे प्रभसिमरन सिंह ४ करोड ७० लाख भारुमा किंग्स ११ पञ्जाबसँग अनुबन्धित भएका छन् । ट्वान्टी–२० प्रतियोगितामा नखेले पनि उनले उमेर समूहमा आफूलाई प्रमाणित गरिसकेका छन् । यु–१९ एसिया कप फाइनलमा उनले ३७ बलमा अविजित ६५ रन बनाएका थिए । १६ वर्षे लेगस्पिनर प्रयास राय बर्मनलाई रोयल च्यालेन्जर्स बैङ्लोरले १ करोड ५० लाख भारुमा अनुबन्ध गरेको छ । विजय हजारे टफ्रीमा बर्मनले बंगालबाट सबैभन्दा धेरै विकेट लिएका थिए ।

आईपीएल अक्सनका महँगा दश खेलाडी
खेलाडीको नाम        क्लब                         रकम

जयदेव उनाक्कड       राजस्थान रोयल्स           ८ करोड ४० लाख
वरुण चक्रवर्ती          किंग्स ११ पञ्जाव              ८ करोड ४० लाख
साम कुुरान             किंग्स ११ पञ्जाव                ७ करोड २० लाख
कोलिन इनग्राम       दिल्ली क्यापिटल्स              ६ करोड ४० लाख
कार्लोस ब्रेथह्वाइट    कोलकाला नाइट राइडर्स     ५ करोड
अक्सर पटेल          दिल्ली क्यापिटल्स              ५ करोड
मोहित शर्मा          चेन्नई सुपर किंग्स               ५ करोड
सिभम दुुवे            रोयल च्यालेन्जर्स बेङ्लोर     ५ करोड
मोहमद सामि        किंग्स ११ पञ्जाब                 ४ करोड ८० लाख
प्रभसिमरन सिंह,     किंग्स ११ पञ्जाव               ४ करोड ८० लाख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्