सन्दीप लामिछानेले आज बिग बास क्रिकेट लिगमा पहिलो खेल खेल्दै

सन्दीप लामिछानेले आज बिग बास क्रिकेट लिगमा पहिलो खेल खेल्दै

काठमाडौं, पुस ६ । अष्ट्रेलियाको चर्चित बिग बास क्रिकेट लिगमा नेपाली स्टार खेलाडी सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले आज पहिलो खेल खेल्दैछ । यो खेलमा सन्दिप टिममा पर्ने सम्भावना उच्च छ ।

सिड्नी थन्डरविरुद्धको पहिलो खेलका लागि टिमले सार्वजनिक गरेको नामावलीमा सन्दीपको नाम रहेको छ । यो खेल नेपाली समय अनुसार दिउँसो २ बजेबाट सुरू हुनेछ ।

टिमले सार्वजनिक गरेको १३ सदस्यीय खेलाडीको सूचीमा नेपाली बलर सन्दीप लामिछाने पनि छन् । कप्तान ग्लेन म्याक्सवेलको नेतृत्वमा रहने टोलीमा नेपाली युवा स्पीनर सन्दीप लामिछानेसँगै वेष्ट इन्डिजका अलराउण्डर ड्वाइने ब्राभो पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्