स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बासमा सर्वाधिक विकेट लिने खेलाडी

स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बासमा सर्वाधिक विकेट लिने खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बासमा मेलबर्न स्टार्सबाट लगातार तेस्रो खेलमा आफ्नो प्रभाव कायम राख्ने क्रममा बिहीबार सिड्नी सिक्सर्सविरुद्ध २ विकेट लिएका छन् । यससँगै उनी सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।
उनले सिक्सर्सविरुद्धको तेस्रा ओभरको अन्तिम बलमा टोम कुुरानलाई पवेलियन फर्काएका हुुन् । चार ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर २ विकेट लिएका छन् । पहिलो ओभरमा ४ रन खर्चेका उनले दोस्रो ओभरमा पनि ४ रनमात्रै खर्चेर एक विकेट लिएका थिए भने तेस्रो ओभरमा ३ रन खर्चेर एक विकेट लिए ।

योसँगै सन्दीपको बिग बास लिगमा विकेट संख्या ७ पुुगेको छ भने ७१ रन खर्चिएका छन् । त्यस्तै ड्यानीयल साम र जासन बेरेन्डफले समान ६–६ विकेट लिएका छन् ।
त्यसैगरी, विश्व चर्चित स्पिनर अफगानिस्तानका राशिद खानले ५ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्