कादर खानको मृत्यु भएको भन्ने खबर झुटो , यसरी चल्यो हल्ला !!

कादर खानको मृत्यु भएको भन्ने खबर झुटो , यसरी चल्यो हल्ला !!

एजेन्सी : चर्चित भारतीय अभिनेता, लेखक तथा निर्देशक कादर खानको मृत्यु भएको भन्ने खबर झुटो रहेको बताइएको छ । एकाएक कादर खानको मृत्युको हल्ला चलेपछि उनका छोरा सर्फराजले यो खबर झुटो भएको स्पष्ट  पारेका छन् ।

भारतीय सञ्चार माध्यामहरुमा आएका खबरअनुसार  भारत सरकारको स्वामित्वमा रहेको अल इन्डिया रेडियोले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा कादर खानको मृत्युको खबर पोस्ट गरेको थियो ।

ट्वीटरमा सुप्रसिद्ध अभिनेता तथा संवाद लेखक  हाम्राबीच रहेनन् इश्वरले उनको आत्मालाई शान्ती दिउन् भनेर लेखिएको थियो । हाल उक्त ट्वीट डिलिट गरिएको छ । 

त्यही खबरलाई आधार मानेर धेरैले कादरको मृत्यु भएको हल्ला फैलाएका हुन् । हल्लापछि  उनलाई श्रदाञ्जली दिनेको बाढी नै चलेको थियो ।  छोरा सर्फराजले आफ्ना बाबुको मृत्यु भएको खबर झुटो भएको र उनी अहिले क्यानडाको अस्पतालमा उपचाररत रहको बताएका छन् ।  नेपालमा पनि सामाजिक सञ्जालतिर कादर खानको मृत्यु भएको भन्दै थुप्रैले उनलाई श्रदाञ्जली दिएका छन् ।

८१ वर्षीय कादर लामो समयदेखि बिरमी थिए । श्वास लिन समस्या भएपछि उनलाई केहीदिनअघि अस्पताल भर्ना गरिएको बताइएको छ ।

आवर बिराटनगरमा पनि उक्त खबर आएको थियो , उक्त समाचारको लागि हामी क्षमायाचना गर्दछौ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्