नेपाली क्रिकेट टोलीको घोषणा , बिराटनगरका ललित टिममा परे

नेपाली क्रिकेट टोलीको घोषणा , बिराटनगरका ललित टिममा परे

काठमाडौं पुष १६ – नेपालले आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्ने तीनवटा वान डे र तीनैवटा टी–२० क्रिकेट खेलका लागि २० सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरिएको छ ।

प्रारम्भिक टोलीमा केही नयाँ खेलाडीलाई मौका दिइएको छ । पछिल्ला फ्रेन्चाइज लिगमा राम्रो प्रदर्शन गरिरहेका युवा खेलाडी भीम सार्की, सन्दिप जोरा र पवन सर्राफ प्रारम्भिक छनोटमा परेका छन् । तीव्र गतिका बलर विक्रम सोब र अभिनाश बोहोराले पनि टोलीमा पुनरागमन गरेका छन् ।

नेपालले २५ देखि २८ जनवरीसम्म वान डे अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । टी–२० प्रतियोगिता ३१ जनवरी देखि ३ फेब्रुअअरीसम्म चल्नेछ । सिरिजका सबै खेल दुबईमा हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) निलम्वनमा रहेका कारण नेपालका खेलाडी र प्रशिक्षकको आग्रहमा आईसीसीले यस खेल खेलाउन लागेको हो ।

पारस खड्काको कप्तानीमा रहेको प्रारम्भिक छनोटमा अभिनाश बोहोरा, वसन्त रेग्मी, भीम सार्की, विक्रम सोब, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी र आरिफ शेख छन् ।

यसैगरी बिराटनगरका ललित नारायण राजवंशी, पवन सर्राफ, प्रदिप ऐरी, रोहित कुमार पौडेल, सन्दिप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, सन्दिप जोरा र सुसन भारी पनि प्रारम्भिक सुचीमा रहेका छन् । नेपालले तयारी छिट्टै थाल्ने बताईएको छ ।

नेपालले यसअघि अगस्टमा नेदरल्यान्डसँग दुई वान डे खेल खेलेको थियो । उक्त खेल १–१ को बराबरीमा सकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्