हिन्दी चलचित्रका चर्चित अभिनेता कादर खानको क्यानडाको एक अस्पतालमा निधन

हिन्दी चलचित्रका चर्चित अभिनेता कादर खानको क्यानडाको एक अस्पतालमा निधन

नयाँ दिल्ली । हिन्दी चलचित्रका चर्चित अभिनेता कादर खानको क्यानडाको एक अस्पतालमा निधन भएको उहाँका छोरा सरफराज खानले पुष्टि गर्नुभएको छ । प्रसिद्ध अभिनेता पटकथा तथा सम्वाद लेखक खान ८१ वर्षको हुनुहुन्थ्यो ।

 

उहाँको निधन डिसेम्बर ३१ साझ ६ बजे क्यानडामा भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । “हाम्रा पिता अब हामीसँग रहनु भएन,” सरफराजले सञ्चारमाध्यमलाई मृत्युबारे जानकारी गराउनु भयो । छोरा सरफराजका अनुसार उहाँको स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो ।

अस्पतालमा उपचाररत उहाँलाई मृत घोषणा गरिनुपूर्व नै केही दिन पहिलेदेखि उहाँको मृत्युबारे सामाजिक सञ्जालमा हल्ला फैलिएका थिए ।
उहाँको मङ्गलबार क्यानडामा नै अन्तिम संस्कार गरिनेछ । सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट भारतीय चलचित्र क्षेत्रमा पाइला राखेका कादर खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ ।

अभिनेता अमिताभ बच्चन र अभिनेत्री रविना टंडनले ट्वीट गर्दै उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । सन् १९८० र ९० को दशकमा कादर खानले गोविन्दा र अनिल कपूरसँग कैयौँ चलचित्रमा काम गर्नुभएको थियो । उहाँले सन् १९७० को दशकमा संवाद लेखेर र अभिनय गरेर निकै नाम कमाउनु भएको थियो ।

अभिनय क्षेत्रमा प्रवेशपछि उहाँका शुरुवाती दिनहरू निकै संघर्षपूर्ण रहेका उहाँलाई नजिकबाट चिन्ने कलाकारहरूले बताएका छन् । खून पसीना, लवारिस, परवरिश, अमर अकबर एन्थनी, नसीब, कुली जस्ता चलचित्रमा उहाँले पटकथासमेत लेख्नुभउको थियो । कादर खानले अमिताभ बच्चनको अभिनय यात्रा अगाडि बढाउन पनि उनको भूमिका अहम भूमिका खेलेको बताउने गरिन्छ ।

सन् १९८३ मा कादर खानले फिल्म हिम्मतवालाको सम्वाद लेख्नुभयो उहाँको आफ्नो लागि हास्य कलाकारको भूमिका रहेको थियो । त्यसअघि नकारात्मक भूमिकामा देखिने गरेका उहाँले त्यसभन्दा फरक भूमिकामा अभिनय गर्न चाहे पनि त्यो अवसर शुरूमा उहाँलाई जुरेको थिएन । जब कादर खानले चलचित्रको सम्वाद लेख्न शुरु गर्नुभयो उहाँको फरक भूमिकामा अभिनय गर्ने चाहना पनि पूरा भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्