अन्तर्राट्रिय क्रिकेट परिषद् (आइसिसी) को सिइयोमा साहनी नियुक्त

अन्तर्राट्रिय क्रिकेट परिषद् (आइसिसी) को सिइयोमा साहनी नियुक्त

एजेन्सी ।

अन्तर्राट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मनु साहनीलाई नियुक्त गरेको छ ।  नवनियुक्त सिइओ साहनीले अर्को महिनामात्र आइसिसीको जिम्मेवारी सम्हाल्नेछन् । साहानी सिंगापुर स्पोटर््स हबका पूर्व सिइओ तथा इएसपिएन स्टार स्पोर्ट्सका प्रबन्ध निर्देशक हुन् ।

आइसिसीका अध्यक्ष शशांक मनोहर र छनोट कमिटीले छनोट प्रकृया पुरा गरेर साहनीलाई नियुक्त गरेको हो । “आइसिसीको सिइओमा साहनीको नियुक्त भएको निर्णय सुनाउन पाउँदा म खुशी छु । उनीसँग २२ वर्षको व्यवसायिक अनुभव छ । उनले आइसिसीलाई नयाँ उचाईमा पु¥याउनेमा हामी विश्वस्त छौं,” आइसिसीका अध्यक्ष मनोहरले भने, “उनले स्पोटर््स र ब्रोडकास्टिङ दुबै क्षेत्रमा आफुलाई सावित गरिसकेका छन् । क्रिकेटको सम्भावना र चुनौतीबारे सहानी राम्रो जानकारी छ ।”

साहनीले इएसपिएनमा १७ वर्ष काम गरे । उनले आफ्नो कार्यकालमा इएसपिएनलाई एसियाको २४ देशमा फैलाएका थिए भने आइसिसीसँग ब्रोडकास्टिङ साझेदारी गरेका थिए । जुन २००५ बाट २०१५ सम्मको थियो । साहनीले म्यानचेस्टर युनाइटेड प्रालिको अडिट कमिटीमा बसेर काम गरेका थिए ।

“आइसिसीमा सिइओको जिम्मेवारी पाउँदा खुशी लागेको छ । खेलकुदमा करोडौं प्रसशंक छन् । आइसिसी जस्तो संस्थासँग काम गर्न म उत्साहित छु,” साहनीले भने, “मलाई यो अवसर दिएकोमा आइसिसी बोर्डलाई धन्यवाद दिन चाहन्छु ।”  साहनीले फेब्रुअरीको मध्यतिर आफ्नो पद सम्हाल्नेछन् । उनले जुलाईमा हुने आइसिसी पुरुष विश्वकपसम्म अहिलेका सिइओ डेभिड रिचार्डसनसँग मिलेर काम गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्