सन्दीपको बंगलादेश प्रिमियर लिगमा यस्तो खेल !

सन्दीपको बंगलादेश प्रिमियर लिगमा यस्तो खेल !

नेपाली स्पिनर सन्दीप लामिछाने टिममा पुनरागमन गर्दै विकेट लिएको दिन बुधबार राती उनको टोली सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ ।

चार ओभर बलिङ गरेका सन्दीपले १८ रन दिएर १ विकेट लिए । सन्दीपले बेनी होवेललाई बोल्ड गरेका थिए । होवेलले १३ रन जोडेका थिए ।

सिलेट अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा सिलेट सिक्सरले  रंगपुर राइडर्सलाई २७ रनले पराजित गरेको हो । टस हरेर ब्याटिङका लागि निम्त्याइएको सिलेट सिक्सरले निर्धारित २० ओभरमा ५ बिकेट गुमाएर १ सय ८७ रन बनाएको थियो ।  १ सय ८८ रनको लक्ष्य पछ्याएको रंगपुर राइडर्सले ६ विकेट गुमाएर १ सय ६० रन मात्र जोड्न सक्यो  ।

प्रतियोगितामा सिलेट सिक्सरको यो दोस्रो जित हो । यसअघि सिलेटले चित्तगोङ भिकिङ्सलाई ५ रनले पराजित गरेको थियो । उक्त खेलमा सन्दीपले विकेट लिन सकेका थिएनन् । पाँचमध्ये तीन खेलमा पराजय भोगेको सिलेट सिक्सर अंक तालिकामा पुछारबट दोस्रो स्थानमा छ । सन्दीपले कोमिला भिक्टोरियन्सबिरूद्धको पहिलो खेलमा २ विकेट लिएका थिए । त्यसपछिको दुई खेलमा विकेट लिन नसकेपछि सन्दीपलाई कोमिला भिक्टोरियनबिरूद्धकै खेलमा टोलीमा राखिएको थिएन ।

सिलेट सिक्सर्सका लागि कप्तान डेभिड वार्नर र लिटोन दासले अर्धशतकीय इनिङस खेले । वार्नरले अविजित ६१ रन जोड्दा दासले ७० रन जोडे । रंगपुर राइडर्सका साफिउल इस्लामले ३ विकेट लिए  । सिलेट सिक्सर्सका मेहेदी हसन राना र तस्किन अहमदले समान २ विकेट लिदा सन्दीप र  सोहिल तानबिरले १/१ विकेट लिएपछि रंगपुर राइडर्सका रोसोउ(५८), मोहम्मद मिथुन(३५) र मोस्रफी मोरताजा(३३) ले बाहेक अरू ब्याट्सम्यानले खेल्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्