ती समय जब निलम ढुंगाना दुवै खुट्टाले छमछमी नाचथिन ! (तस्बिर सहित)

ती समय जब निलम ढुंगाना दुवै खुट्टाले छमछमी नाचथिन ! (तस्बिर सहित)

बिराटनगर माघ ३ ,

'नृत्य' एक खुटा भए पछि को योजना थिएन,सानै छदा देखि नै नृत्यको बाटो आफै तय गरिसकेको थिए ।"

यी वाक्य एक खुट्टाले नाच्ने डान्सर "निलम ढुंगाना" ले आफ्नो फेसबुकमा लेखेको स्टाटस हो । २०६४ माघ २३ गते उनको जीवनमा घटेको दुर्घटनाले उनले आफ्नो एउटा खुट्टा गुमाइन  । साथी र उनि हिड्दै  गरेको बेलामा पछाडीबाट एउटा लोडेड ट्रकले दुई जनालाई नै हानेको थियो। साथीको मृत्यु भयो उनको भने त्यही खुट्टा चुडियो ।

उक्त घटनाले उनलाई अझ जीवनको बारे बुझायो र आज सबैको प्रेरणाको पात्रको रुपमा उनलाई चिनाएको छ । देश विदेशमा उनका प्रस्तुति हुदैछन् , जीवन जिउन सहज भएको छ ।

उनले आफ्नो कला मारिनन , नाच्न छाडिनन  ।

यस्तै उनले आफ्नो फेसबुकमा केहि तस्बिर यस्तो स्टाटस लेखेर राखेकी छिन !

"१२/१३ बर्ष अघि दुवै खुट्टाले नृत्य गरेका र तयारि अवस्थामा खिचिएका केहि अविस्मरणीय पलहरुको सम्झना"

 

एक खुट्टाले नाच्ने कलाकार उनि आज !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्