गायक हिमाल सागर स्वदेश गान लिएर आए (भिडियो सहित)

गायक हिमाल सागर स्वदेश गान लिएर आए (भिडियो सहित)

काठमाडौं । गायक हिमाल सागर नयाँ गीत लिएर आएका छन् । ‘हिमाल मेरो शीर...’ बोलको स्वदेश गानका साथ उनी स्रोता तथा दर्शक माझ आएका हुन् ।

हिमाल सागरको स्वर तथा संगीत रहेको गीतमा शब्द डा. अच्युत शर्माले लेखेका छन् ।

गीतमा हिमाल, पहाड र तराईबीचको आपसी सम्बन्ध र सौहार्दतालाई केन्द्रमा राखिएको छ । नेपाल र नेपाली रहे मात्रै हिमाल, पहाड र तराई अस्तित्वमा रहने भन्दै एकतामा जोड दिइएको छ ।

गीतको लिरिकल भिडियोसमेत तयार पारिएको छ । लिरिकल भिडियो हिमाल सागरको युट्युब च्याालमार्फत सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=_AKTwYnOM3U

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्