नेपाल र यूएईबीचको पहिलो एकदिवसीय खेल आज हुँदै

नेपाल र यूएईबीचको पहिलो एकदिवसीय खेल आज हुँदै

नेपाल र यूएईबीचको पहिलो ओडीआई खेल आज हुँदैछ ।

दुबईस्थित आइसीसी एकेडेमीको ओभल ग्राउण्डमा पहिलो नेपालले ओडीआईमा पहिलो पटक युएईको सामना गर्नेछ । गत वर्ष मार्चमा विश्वकप छनोटमा ८ औं स्थानमा रहेर चार वर्षको लागि वान डे मान्यता पाएको नेपालले झण्डै १ वर्षमा ३ ओडीआई खेल खेली सकेको छ ।

जसमा १ मा जित र २ मा पराजित भएको छ । यो नेपालको दोस्रो ओडीआई सिरीज हो । यस अघि नेपालले गत अगस्टमा नेदरल्यान्डसँग पहिलो ओडीआई श्रृंखला खेलेको थियो ।

सिरिज अन्तर्गत नेपालले पहिलो एकदिवसीय जनवरी २५ , दोश्रो २६ र तेश्रो २८ तारिकमा खेल्नेछ। ३ वटै एकदिवसीय खेलहरु युएईको स्थानीय समय अनुसार ९:३० बजे अर्थात नेपाली समय ११:१५ बजे सुरु हुनेछ। एक दिवसीय सिरिज पछि टि-२० सिरिजको पहिलो खेल जनवरी ३१, दोश्रो फेब्रुअरी १ तथा तेश्रो फेब्रुअरी ३ तारिकमा खेलिनेछ। सबै टि-२० खेलहरु युएई स्थानीय समय दिउसो १ बजे अर्थात् नेपाली समय २:४५ बजे दिउसो सुरु हुनेछ। सबै खेलहरु दुबई स्थित आईसीसी एकेडेमी मैदानमा खेलिनेछ।

यो श्रृंखलासँगै नेपाल आईसीसीको ओडीआई वरियतामा समावेश हुँदा झनै महत्वका साथ हेरिएको छ । अब नेपालको हरेक खेलको जित र हारले वरियतामा ठूलो प्रभाव पार्ने छ । खेलाडी पनि बरियतामा आउने छन् ।

खेलको युएई क्रिकेट बोर्डले आफ्नो सामाजिक संजाल मार्फत प्रत्यक्ष प्रशारण गर्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्