LIVE : नेपाल र यूएईबीचको दोस्रो एकदिवसीय क्रिकेट हेर्नुहोस …

LIVE : नेपाल र यूएईबीचको दोस्रो एकदिवसीय क्रिकेट हेर्नुहोस …

युनाइटेड अरब इमरेट्स (यूएई) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । दुबई स्थित आइसिसी एकेडेमी ओभलमा नेपाका कप्तान पारस खड्काले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

कमजोर ब्याटिङ गर्दा हिजो नेपालले आइसिसी एकेडेमी ओभलमै यूएईलाई ३ विकेटको नतिजा सुम्पिएको थियो । पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय खेलपछि नेपालका कप्तान पारस खड्काले प्रशिक्षण टोलीसँग बसेर पहिलो खेलमा भएका कमी कमजोरी केलाई दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने बताएका थिए ।

नेपालले आज एक बलरको स्थानमा ब्याट्सम्यान थपेको छ । अभुनवी स्पिनर बसन्त रेग्मीको स्थानमा रोहितकुमार पौडेले स्थान बनाएका छन् । १–० ले पछि परेको अवस्थामा तीन एकदिवसीय शृंखला जोगाउन नेपाललाई आज जित्नैपर्ने हुन्छ ।

नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल, पवन सर्राफ, कारण केसी, सन्दिप लामिछाने, ललितनारायण राजवंशी

https://www.youtube.com/watch?v=Cu93jMrs_IA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्