एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितकाे कीर्तिमान, अर्धशतक बनाउने कान्छा खेलाडी

एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितकाे कीर्तिमान, अर्धशतक बनाउने कान्छा खेलाडी

काठमाडौं । नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा  अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । रोहितकुमारले शनिबार यनाइटेड अरब इमिरेट्स(यूएई)विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अर्धशतक पूरा गरेका हुन् । उनले इमरान हैदरको बलमा २ रन लिँदै अर्धशतक बनाएका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दोस्रो खेल खेलिरहेको रोहितको यो पहिलो अर्धशतक हो । उनले ५५ बलमा ५० रन पूरा गरेका हुन् । रोहितकुमार १६ वर्ष १ सय ४६ दिन भएका छन् । रोहितले पाकिस्तान साहिद अफ्रिदी र भारतका सचिन तेन्डुलकरलाई पछि पारेका आईसीसीले जनाएको छ । सचिनले १९९० मा १७ वर्षको उमेरमा पहिलो अर्धशतक पूरा गरेका थिए । अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा एकदिवसीयमा शतक बनाएका थिए ।

अर्धशतक बनाउने क्रममा रोहितकुमारले ७ चौका हानेका छन् । उनले आरिफ शेखसँग छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्