सिरिज जितेसँगै नेपाल आईसीसी वरियता क्रममा प्रवेश

<span class='c1'>सिरिज जितेसँगै नेपाल आईसीसी</span> <span class='c2'>वरियता क्रममा प्रवेश</span>

एक दिवसीय सिरिज जितेसँगै नेपाल आईसीसी वरियता क्रममा प्रवेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सोमबार राति सार्वजनिक गरेको वरियतामा नेपालले पहिलो पटक स्थान बनाउन सफल भयो । नेपाल आईसीसी वरियताको पुछारमा छ । वरियता क्रममा नेपालको रेटिङ १५ छ भने १५२ अंक छ ।

एक दिवसीय वरियता क्रमको शीर्ष स्थानमा इंग्ल्याण्ड छ । उसको रेटिङ १२४ छ भने अंक ६,९३७ छ । वरियता क्रममा भारत दोस्रो स्थानमा, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अष्ट्रेलिया छैटौं स्थानमा छन् ।

यस्तै, बंगलादेश सातौं, श्रीलंका आठौं, वेष्ट इण्डिज नवौं, अफगानिस्तान १०औं, जिम्बावे ११औं, आयरल्याण्ड १२औं, स्कटल्याण्ड १३औं र यूएई १४औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्