बालबालिकाले मोबाइलमा समय बिताउदा यस्ता असर पर्न सक्छ !! पढ्नुहोस …

<span class='c1'>बालबालिकाले मोबाइलमा समय बिताउदा यस्ता असर</span> <span class='c2'>पर्न सक्छ !! पढ्नुहोस …</span>

बीबीसी ।

१२ वर्ष भन्दा मुनिका बालबालिकालाई धेरै समय मोबाइल लगायत डिभाइसका स्क्रिनमा बिताउन दिँदा यसले तिनीहरुको मानसिक विकासमा ठूलो प्रभाव पार्न सक्ने वैज्ञानिकहरुले यसअघि पनि चेतावनी दिइसकेका छन् । विशेषगरी भाषा र बोलाइमा नकारात्मक प्रभाव पार्ने हालै गरिएको एक अनुसन्धानमा पनि पत्ता लगाइएको हो ।

दुई वर्षका २५०० बालबालिकाहरुमाथि गरिएको यस अध्ययनले बालबालिकाका लागि कति ‘स्क्रिन टाइम’ उचित हुन्छ भन्ने विवाद सुल्झाउने प्रयास गरेको हो । क्यानडा र अमेरिकाका विज्ञहरुले बताएअनुसार १८ महिना भन्दा कम उमेरका बालबालिकाले प्राविधिक डिभाइसको प्रयोग गर्नै हुँदैन । तर बेलायती विश्लेषकहरुले भने यस प्रकारका कुनै उमेर सिमा तोकेका गरेका छैनन् ।

यसअघि २०११ र २०१६ का बीच बालबालिकाको ‘स्क्रिनटाइम’ बारे तिनका आमाहरुमा सर्वेक्षण गरिएको थियो । उनीहरुले दुई, तीन र पाँच वर्षको उमेरमा बालबालिकाको क्षमता र विकासबारे गरिएका मनोवैज्ञानिक प्रश्नहरुको जवाफ दिएका थिए । यसमा टीभी हेर्नुदेखि भिडियो, फिल्म, गेम खेल्ने, कम्प्युटर, ट्याब्लेट फोनलगायत कुनैपनि स्क्रिनयुक्त डिभाइस हेर्नुलाई ‘स्क्रिन टाइम’ को क्याटागोरीमा राखिएको हो । यस्तोमा दुईवर्षे बालबालिकाहरुले हप्तामा १७ घण्टा स्क्रिनमा बिताउने गरेको पाइएको हो । यसपछि तीन वर्ष पुग्दा स्क्रिन टाइम बढेर हप्ताको २५ घण्टा पुग्ने गरेको छ । तर फेरि पाँच वर्षको उमेरमा भने सो समय घटेर ११ घण्टा पुगेको हो किनकी त्यसबेला उनीहरु स्कुल जान सुरु गर्छन् ।

अनुसन्धानकर्ताहरुका अनुसार जब एउटा सानो बालकले स्क्रिन हेरिरहेको हुन्छ  त्यसबेला उसले जीवनका अन्य महत्वपूर्ण अभ्यासमा दक्ष हुने मौका गुमाइरहेको हुन्छ ।

जस्तै यसले तिनको सामाजिक अन्तरक्रियालाई सीमित गराइदिन सक्छ । त्यसैगरी बालबालिकाहरु हिँड्ने, दौडने, माथि चढ्ने जस्ता शारीरिक अभ्यासको समयलाई पनि स्क्रिन टाइमले सीमित बनाइदिन्छ । त्यसैले ‘स्क्रिन टाइम’ ले आमने सामने कुराकानी गर्ने शैली र पारिवारसँगको समयमा कुनै हस्तक्षेप नगरोस् भन्नेमा अभिभावकले विशेष ध्यान दिनुपर्ने डाक्टर शेरी मेडिगान र उनका सहकर्मीहरुको भनाइ छ ।

अहिलेसम्म कुनै पनि अनुसन्धानले बलबालिकाका लागि कति स्क्रिन टाइम पर्याप्त हुन्छ भन्ने निश्चित बताउन नसकेपनि ‘अमेरिकन असोसिएसन अफ पेडिआट्रिक्स’ एपीपीले अभिभावकहरुलाई आफ्ना बच्चालाई कुनैपनि प्राविधिक डिभाइससँग परिचय गराउँदै गर्दा उनीहरुसँगै बसेर के हेरिरहेको भनि बुझाउने गर्न सुझाव दिएको छ ।

त्यस्तै ६ वा सो भन्दा बढी उमेरका बालबालिकाहरुमा चाहिँ स्क्रिन टाइमले उनीहरुको सुत्ने तरिका वा शारीरिक अभ्यासमा फरक नपारोस् भन्ने सुनिश्चित गर्नुपर्ने बताइएको छ ।  यता क्यानडेली पेड्रिआटिक सोसाइटीले भने दुईवर्ष भन्दा कम उमेरका बालबालिकालाई स्क्रिन नदेखाउन सुझाव दिएको छ ।

बेलायती बाल स्वास्थ्य संघले पनि यसअघि बालबालिकाको स्क्रिन टाइम सम्बन्धी विभिन्न निर्देशन जारी गरेको थियो तरपनि उनीहरुका लागि कति समय उपयुक्त हुन्छ भन्ने चाहिँ उल्लेख गरेको छैन । बरु आफ्नो परिवारमा स्क्रिनटाइम कत्तिको नियन्त्रित छ भन्ने प्रश्न अभिभावकले आफैँलाई बारम्बार सोध्नुपर्ने बताइएको छ । त्यस्तै विज्ञहरुले स्क्रिनटाइममा कटौति गर्न सुत्ने कोठा, गाडी आदिलाई ‘मिडिया फ्रि’ बनाउन पनि सुझाव दिएका छन् । त्यस्तै अभिभिावकले पनि बालबालिका माझ राम्रो उदाहरणका रुपमा प्रस्तुत हुन आफ्नो स्क्रिनटाइमबारे सचेत रहनुपर्ने बताइएको छ । यसैगरी कतिपय अध्ययनकर्ताले बालबालिकालाई सुत्नुअगाडि केही नहेराउन पनि सुझाउने गरेका छन् ।

बेलायतको २०१७ को रिर्पोट अनुसार १२–१५ वर्षीय ९९ प्रतिशत बालबालिकाहरु हप्तामा २१ घण्टा भन्दा बढी इन्टरनेट चलाउने गर्दछन् । त्यस्तै ९१ प्रतिशतले भने हप्तामा १४.५ घण्टा टिभीमा बिताउने गर्दछन् । ८३ प्रतिशत बालबालिकासँग आफ्नै स्मार्टफोन हुने गरेको छ ।

त्यस्तै ७७ प्रतिशत हप्तामा १२ घण्टा गेम खेलेर बिताउने गर्दछन् । यता ७४ प्रतिशत भने सामाजिक संजालमा सक्रिय छन् । यसरी यी तथ्याङ्कलाई चिकित्सकहरुले चिन्ताजनक बताइरहेका छन् । यसैकारण बालबालिकाका स्वास्थ्यलाई हेरेर यो विषयमा अझ बढी अनुसन्धान गर्न जरुरी रहेको डाक्टर बर्नाडिका डुबिका बताउँछिन् । त्यसैगरी कुन सामग्रीले बालबालिकामा कस्तो प्रभाव पारिरहेको छ भन्नेमा पनि ध्यान राख्नुपर्छ किनकी स्क्रिनको उपयोग सकारात्मक तरिकाले पनि गर्न सकिने उनको भनाइ छ ।
बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्