नेपाली क्रिकेट टिमले आज यूएईसँग पहिलो टी–२० खेल आज खेल्दै

नेपाली क्रिकेट टिमले आज यूएईसँग पहिलो टी–२० खेल आज खेल्दै

यूएईमा रहेको नेपाली क्रिकेट टिमले आज यूएईसँग पहिलो टी–२० सिरज खेल आज खेल्दैछ ।

एक दिवसीय सिरिजमा २–१को जित निकालेको नेपाल अर्को इतिहास रच्ने दाउमा छ । जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन् ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुनेछ । जुन मैदानमा नेपालले ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो ।

गएको वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएको हो । तर, सिरिज नेपालका लागि भने सहज छैन ।

यूएईका ब्याट्सम्यान ठूलो सर्ट खेल्न माहिर छन् । पछिल्लो पटक घरेलु प्रतियोगिताहरुमा पनि टि २० फरम्याटमा बढि अभ्यस्त भएको नेपाली टिमले एकदिवसिय टिममा भन्दा यो सिरिजमा केहि परिवर्तन गर्न सक्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्