प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम दिउँसो तीन बजे इटहरीको क्षेत्रीय रंगशालामा सुरु हुने सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल पुलिस क्लब भिड्दै छन् ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिंग सेन्टरलाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी उपाधि नजिक पुगिसकेको छ । आजको खेलबाट यी दुई मध्ये एक टिम उपाधीका लागि आर्मीसँग भिड्ने छ । इटहरी गोल्डकपको पुरस्कार राशी १६ लाख रहेको छ ।