डा बिवेक बिन्द्रा अनि उस्को नेपाल प्रतिको चासो

डा बिवेक बिन्द्रा अनि उस्को नेपाल प्रतिको चासो

गत केहि हप्ता नेपाली सामाजिक सञ्जालमा एउटा भिडियो वहुतै चर्चामा रह्यो । नेपालका बारेमा एकजना भारतीय मोटिभेसनल स्पीकर डा बिवेक बिन्द्राले एउटा केस स्टडी प्रस्तुत गरेको उक्त भिडियो धेरै नेपालीजनले शेयर, लाइक्स अनि डिसलाइक्स सम्म गरे ।
उक्त केस स्टडीका केहि तथ्याकंहरु अलिक पुराना छन् अनि केहि विषयगत विष्लेषणहरु वहुतै कडा अनि व्यबहारीक छन् ।

आज हामी तिनै बिवेक बिन्द्राका बारे केहि कुराहरु लिएर आएका छौं । विश्वभरि सुबिव्यात यि बिवेक बिन्द्रा सनातन सस्कारका एकजना वहुतै अध्यात्मिक भक्त हुन् । विशेषतः कृष्णमार्गमा अघि बढेका यिनी अनि यिनका हरेक प्रस्तुति र धारणामा श्रीमद भागवत गीताका अवयवहरु प्रचुर मात्रामा पाइन्छ ।

उन्को वाल्यकालको केहि कुरा गरौं जहाँ उन्का जीवनका संघर्ष अनि उतारचढावका प्रतिबिम्ब पाइन्छ । सन् १९७८ मा भारतको नयाँ दिल्लीमा जन्मिएका यि बिवेकको जन्मको २ वर्ष मै उन्का पिताको मृत्यू भएको थियो । त्यसपश्चात उन्की आमाले अर्को पुरुषसंग बिवाह गरेको अनि वाल्यकाल देखि नै बिन्द्राले धेरै दुख्ख र हण्डर खानुपरेको बताइन्छ । जेभियरस कलेज भारतवाट अध्ययन गरेका यिनले पछि एकीटी यूनिभर्सिटीवाट एमबीए गरेको पाइन्छ । कैयन दुख्खका बाबजुद पनि आफ्नो आत्मवल र सशक्त सोचका कारण बिवेक जीवनमा नहारीकन अघि बढ्दै गए । आज विश्वका २५ देशका व्यवसाहीक शाखाहरुमा उनी वेलावखत तालिम दिन अनि ज्ञान बाँढ्न पुग्दछन भनें उन्का भिडियोहरु यूट्यूबमा सबैका लागि निशुल्क उपलब्ध छ । भारतका टप १० जना यूट्यूबाट आय गर्ने सूचीमा बिवेक बिन्द्रा पनि पर्दछन्, यसअर्थमा उन्का फलोवरहरु निकै रहेको र उन्का दर्शन र धारणाहरुले निकैको जीवन परिवर्तन गरेको पुष्टि हुन्छ ।

उनलाई सम्मनजनक दर्शनशास्त्रको डाक्टरको उपाधी दिइएको बताइन्छ । उन्का कुरा अनि धारणाहरुमा श्रीमद भागवत गीता र सनातन दर्शनको झल्को पाइन्छ । पटकपटकको अन्र्तवार्ता र कुराकानीमा बिवेक बिन्द्राले आफूले एमबीए अध्ययनको क्रममा एकजना शिक्षकवाट श्रीमदभागवत गीता पाएको पछि त्यसैको आधारमा आफूले दर्शन अनि धारणाहरु बनाएको बताउने गरेका छन् । उन्का अनुसार भागवत गीता अध्ययन गर्ने भन्दा पनि जीवनमा आत्मसाथ गर्ने पुस्तक हो, उन्का अनुसार भागवत गीता कुनै धार्मिक पुस्तक नभई जीवनको मार्गदर्शक एउटा व्यबहारीक पुस्तक हो । यस पुस्तकमा कुनै धर्मको केहि शव्द अनि धार्मिकताको एक पित्कोसम्म पाइन्न, अर्जुनलाई गुरु द्रोणाचार्यले दिएको ज्ञानलाई प्रयोग गर्न श्री कृष्णले सामथ्र्य अनि उजागरता दिनुभएको गीतामा उल्लेख गरिएको उनी बताँउदछन् । सन् २०१३ मा यूट्यूब मार्फत भिडियोहरु रिलिज गर्न थालेका बिन्द्राको शुरुवात ताका भिडियोहरु उति चलेनन तर सुस्तरि यिनले नाम चलेका ब्रान्डको व्यबसाहिक उतारचढाव र त्यसवाट सिक्नुपर्ने पाठहरुका बारेमा भिडियो निकालेर विष्लेषण गर्न थालेपछि यिनको चर्चा चुलिएको हो ।

पछि उन्को लिडरशीप फनेल कार्यक्रममार्फत बिभिन्न व्यवसाही अनि कर्पोरेटले धेरै फाइदा पाएर कर्मचरी र संचालकमा उत्पादकत्व अनि उत्प्रेरणा बढेपछि विश्वभरि यिनको चर्चा चुलिएर गयो ।
उन्का चिनेका अनि संगत गरेका श्रोतव्यक्तिहरुका अनुसार उनी नेपाललाई औधि माया गर्दछन् र उनी पशुपतिनाथ, मुक्तिनाथको यस देशलाई सनातन संस्कारको अवयव अनि दर्शनको केन्द्रका रुपमा देख्न चाहन्छन् । व्यवसाय र अध्यात्मलाई साथसाथै लिएर जाने यि बिवेक बिन्द्राको नेपालमा पनि निकै समर्थक रहेको पाइन्छ ।
विश्व एचआरडी काँग्रेसमा एसियाका सर्वोत्कृष्ट नेतृत्व तालिमप्रदायकको यिनले उपाधी हात पारेका छन् । भारतका टप १०० सिईओहरुलाई तालिम दिने अनि कोच गर्ने बिवेकले बिवश्वमै टप १ लिडरशीप र एन्टरपेनर यूट्यूब च्यानल का रुपमा विश्व रेकर्ड बनाएका छन् । यिनको च्यानलमा ७० लाखको हाराहारीमा सब्सक्राइबर छन् भनें यिनका भिडियोहरु अरबौं मान्छेहरुले हेरिसकेका छन् ।

नेपालमा श्री कृष्ण कन्सीयसनेश सोसाइटी इस्कनसंग अत्यन्त निकट रहेका बिवेक का बिचारहरुले विश्वभरि थप प्रचुरता पाउन् । सनातन सस्कार र दर्शनको जगेर्ना गर्न र विश्वलाई स्नेह र अध्यात्मिक उजागरताको एउटा सन्देश दिन बिवेक अनि हामी सबै आआफ्नो ठाँउवाट सफल हौं , सबको जयहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्