युएईसँगको टी-२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज दोश्रो खेल खेल्दै

युएईसँगको टी-२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज दोश्रो खेल खेल्दै

युएईसँगको टी-२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज दोश्रो खेल खेल्दैछ ।

हिजो बिहीबार भएकाे खेलमा हारको बदला लिन आजकाे खेलमा भने निकै सुझबुझका साथ मैदानमा उत्रिने नेपालको तयारी छ । तीन खेलको शृङ्खलामा नेपाल १–० ले पछि परेको छ । नेपालले तीन खेलको एकदिवसीय सिरिज भने २–१ ले जितिसकेको छ ।

हिजो भएको खेलमा बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेपनि ब्यााटिङमा सुरुदेखि झट्का ब्यहोरेको नेपालले युएईको लक्ष्य २२ रनले मात्र भेटाउन सकेन ।

डेब्यु गरेका खेलाडी सन्दिप जोराको अर्धशतकको पारीले नेपाललाई उकासेपनि पार्टनरशीप नजम्दा नेपालले हार ब्यहोर्नुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्