दोस्रो टि-२० मा ४ विकेटले विजयी बन्यो नेपाल , सिरिज १-१

<span class='c1'>दोस्रो टि-२० मा ४ विकेटले विजयी</span> <span class='c2'>बन्यो नेपाल , सिरिज १-१</span>

१८ माघ, काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ ।

यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

१०.१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै थियो । त्यसपछि ब्याटिङ गर्न आएका पवनले दीपेन्द्रसँग मिलेर नेपाललाई जित दिलाएका हुन् ।

नेपालका लागि प्रदीप ऐरीले आठ, ज्ञानेन्द्र मल्लले सात र कप्तान पारस खड्का शून्य रनमै आउट भए । त्यस्तै सन्दीप जोरा पनि एक रनमै आउट भएपछि नेपाल दबाबमा आएको थियो ।

नेपालका अनुभवि कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । यद्यपी ज्ञानेन्द्र मल्ल र करण केसीले तेस्रो विकेटका लागि २६ रनको साझेदारी गरेका थिए । यो नेपालको दोस्रो ठूलो साझेदारी हो । मल्ल सात रनमा ६.१ ओभरमा आउट भएपछि करण नेपालको ३९ रन हुदा ब्यक्तिगत २० रनमा आउट भए ।

यसअघि आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएपछि नेपालले समान्य चुनौती पाएको थियो ।

यूएईका लागि ओपनर सीपी रिजवनले ४४ रन बनाए । ४३ बलमा ४४ रन बनाएका रिजवनले चार चौका र एक छक्का प्रहार गरेका थिए । उनलाई अविनाश बोहराले आउट गरे ।

यूएईका अनुभवी ब्याट्सम्यानहरु सस्तैमा समेटिए । साइमन अनवरले १४, मोहम्मद बुताले ११ र कप्तान मोहम्मद नाभिद सात रनमा आउट भए । त्यस्तै, घुलाम शब्बरले ६, अस्फाक अहमदले चार र अमिर हायत ३ रनमा आउट भए भने मोहम्मद उस्मानले रन जोड्न सकेनन् ।

नेपालका लागि अविनाश बोहराले उत्कृष्ट बलिङ गरे । चार ओभर बलिङ गरेका उनले २० रन खर्चेर तीन विकेट लिए ।

सोमपाल कामीले अस्फाक र घुलाम तथा सन्दीप लामिछानेले साइमन र उस्मानलाई आउट गराएपछि खेल नेपालको पक्षमा आएको थियो ।

नेपालका लागि सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट लिएका छन् ।

नेपालले अब अन्तिम तथा सिरिजको तेस्रो खेल आइतबार खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्