विराटनगरमा मापदण्ड विपरीत र दर्ता नगरिएका टिम सहित ए-डिभिजन क्रिकेट गराईदै

विराटनगरमा मापदण्ड विपरीत र दर्ता नगरिएका टिम सहित ए-डिभिजन क्रिकेट गराईदै

विराटनगर माघ १८

विराटनगरमा यही माघ १९ गते मोंरग क्रिकेट संघ र लायन्स क्लव अफ विराटनगर योंग हार्टको संयुक्त आयोजना गर्ने भनेको ए डिभिजन क्रिकेट प्रतियोगीतामा ए डिभिजनको निश्चीत न्युनतम मापदण्ड तथा प्रकिया नै पुरा नगरी आएका टिमहरुलाई सिधै ए डिभिजन खेल भन्दै प्रवेश गराईएकोमा  विरोध भएको  छ।

साधारणतया: ए डिभिजनका लागी कुनै पनि डिभिजन- विभागीय खेल खेलका टिमलाई खेलाईने भएता पनि आयोजकले हचुवाको आधारमा सो खेल खेलाउने तयारी गरेको देखिन्छ।
साथै मोरंग क्रिकेटमा दर्तानै नभएका टिमलाई समेत ए- डिभिजन जस्तो महत्वपुर्ण शिर्षकमा खेल खेलाइन लागेको भन्दै सरोकारवालाहरुले विरोध जनाएका छन।

यसअघि ए डिभिजन खेलीसकेका मोतीराम, वाईसीसी तथा डाफे क्लवहरुलाई समेत समावेश नगराई सो खेल खेलाएकोमा सो प्रतियोगीताको आधीकारीकतामै प्रश्न उठेको छ।

प्रतियोगीताहरु हुदा खेलाडी उत्पादन हुने साथै खेल अगाडि बढ्ने भए पनि हचुवा र मापदण्ड विनाका यस्ता प्रतियोगीता खेलाईदा खेलाडीको प्रदर्शन र खेलको स्तर दुवै विग्रने क्रिक्रेट सरोकारवालाको विचार रहेको छ। स्रोत अनुसार ए डिभिजन भनि प्रतियोगीता संचालनको लागी दर्ता भएका टिम र पुर्व डिभिजन खेलेको टिमलाई मात्रै समावेश गरि आधीकारीक तवरले प्रतियोगीता संचालन हुनुपर्ने माग गरेका छन।

सबैलाई समेटेर जान सकेमा पुर्वाञ्चलमा हराउँदै गएको क्रिकेट क्रेज बढ्ने निस्चय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्