डीपीएल : काठमाडौं गोल्डेन्सले धनगढी स्टार्सलाइ ४ विकेटले हरायो

डीपीएल : काठमाडौं गोल्डेन्सले धनगढी स्टार्सलाइ ४ विकेटले हरायो

काठमाडौँ माघ २८ , डीपीएलको तेस्रो संस्करणमा काठमाडौं गोल्डेन्सले पहिलो जित हात पारेको छ । सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा धनगढी स्टार्स विरुद्धको खेलमा ४ विकेटको जित हात पार्दै जितको सुरुआत गरेको हो।

टस हारेर ब्याटिङ गरेको धनगढीले दिएको १३३ रनको लक्ष्य काठमाडौंले १९.५ ओभरमा पुरा गर्‍यो । महबुब आलमले विजयी चौका प्रहार गरे । उनी १२ र विक्रम भुसाल १० बलमा २ छक्का प्रहार गरी १४ रनमा अविजित रहे ।काठमाडौंका गौरव तोमार २८, अनिल साह २४, अंकिद दबास २९, कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्की समान २ रनमा आउट भए ।

धनगढीका रोहन मुस्तफाले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए। अमिर हायत र विपिन खत्रीका नाममा १/१ विकेट रह्यो ।यस्तैटस टस हारेर ब्याटिङमा आएको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनाएको थियो ।धनगढीको तर्फबाट अमित श्रेष्ठ ५०, सन्दीप रजाइली २८, सौरभ खनाल २५ र पवन सर्राफले १९ रन बनाए।बलिङ तर्फ नन्दन यादव २, ललित राजवंशी र अंकित दबासले १/१ विकेट लिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्