धरानमा जारी बुढासुब्बा गोल्डकप : संकटा क्लबले सडन डेथमा जित हातपार्दै अन्तिम चारमा

धरानमा जारी बुढासुब्बा गोल्डकप : संकटा क्लबले सडन डेथमा जित हातपार्दै अन्तिम चारमा

धरान आइतबार बराबरीमा रोकिएको २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको उद्घाटन खेलमा सीएमजी संकटा क्लबले सडन डेथमा जित हातपार्दै अन्तिम चारमा पुगेको छ ।

मेची नेत्रालय केएफटिसी झापालाई सोमबार विहान सडन डेथमा हराउदै संकटा सेलमिफाइनलको यात्रा तय गरेको हो । दुवै टिमको पहिलो प्रहार गोलमा परिणत भएसँगै दोस्रो प्रहारमा झापाका दिलेन लोक्ताम गोल गर्न चुक्दा संकटाका सेड्रिक अबाले निर्णयक गोल गर्दै आफ्ना टिमलाई अन्तिम चारमा पु¥याए ।लोक्तामको प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले रोके । उनीहरुभन्दा अघि संकटाका अमित तामाङ र झापाका पुजन उपरकोटीको प्रहार गोलमा परिणत भएको थियो ।

आइतबार दिउँसो निर्धारित समयको उद्घाटन खेल २ २ गोलको बराबरीमा टुंगिएको थियो । त्यसपछि टाइब्रकेरमा ५ पेनाल्टी प्रहार भएपनि दुवै टिमबाट ४÷४ गोल भयो । त्यसपछि सडन डेथमा समेत बराबरी भएको थियो ।सडन डेथबाट पनि खेलको निर्णय नभएपछि र लाइट(प्रकाश)को पनि अभावले दुवै टिमको सहमतिमा आयोजकले सोमबार आज विहानका लागि खेल सारिएको थियो । खेलको खेलको म्यान अफ दि म्याच घोषित हुदै संकटाका गोल रक्षक राजावाबु थापाले नगद १५ हजार नगद पाए ।

उनलाई आयोजक क्लबका अध्यक्ष किशोर राईले नगदसहित ट्रफी प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्