डीपीएल क्रिकेट : विराटनगरको पहिलो जित , धनगढीलाई २१ रनले हरायो

डीपीएल क्रिकेट : विराटनगरको पहिलो जित , धनगढीलाई २१ रनले हरायो

बिराटनगर फाल्गुन २ ,

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा करण केसीको कप्तानीमा रहेको विराटनगरले धनगढीलाई २१ रनले पराजित गरेको छ ।

करण केसी र अभिनाश यादवले विराटनगरका लागि उत्कृष्ट बलिङ गरे। अभिनास यादवले ४ ओभर बलिङ गर्दै १० रन खर्चिएर ४ विकेट लिए । करण र अभिनासले समान ४–४ विकेट लिए । कप्तान करण केसीले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट नै लिए । सुसन भारीले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १०३ रन बनाएको थियो । विराटनगरका अभिनास यादवले सर्वाधिक २७ रन जोड्दा कप्तान करण केसीले २१ रन बनाए । यस्तै आसिफ शेखले १२ रन जोड्दा संसद शेख ११ रनमा आउट भए ।

धनगढीका लागि कप्तान सोमपाल कामी र विपिन कार्कीले ३–३ विकेट लिए । यस्तै सोमपालले ८, विपिनले १९ र रोबिन क्षेत्रीले २ विकेट लिए ।

हारसँगै धनगढीको प्ले अफ सम्भावना कमजोर बनेको छ । धनगढीलाई प्ले अफमा स्थान बनाउन बाँकी २ खेल जित्नैपर्ने बाध्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्