आठौ राष्ट्रिय खेलकुद : प्रदेश १ बास्केटवल खेलाडी छनौट प्रतियोगिता सुरु

आठौ राष्ट्रिय खेलकुद : प्रदेश १ बास्केटवल खेलाडी छनौट प्रतियोगिता सुरु

बिराटनगर फाल्गुन १० ,

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ महिला तथा पुरुष बास्केटवल खेलाडी छनौट प्रतियोगितामा मोरङ्ग र इलाम सेमिफाइनल प्रवेश गरेको छ । विहिवारदेखि धरानस्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा मोरङ्गले झापा जिल्लालाई ६१ – २९ अंकले र इलामले उदयपुरलाई ३६ – १८ अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

पहिलो उदघाटन खेलको प्रत्येक क्वाटरमा मोरङ्ग र झापाले १७–७, १५ –६, १२ –८ र र १७ –८ अंक र दोस्रो खेलमा इलाम र उदयपुरले ५–०, १० –४, ८–४ र १३ –१० अंक जोडेका थिए । प्रदेश १ टिम बास्केटवल टिम छनौट प्रतियोगितामा प्रदेश १ का ६ वटा जिल्लाले सहभागिता जनाएको छ ।

सहभागि जिल्लहरुमा सुनसरी, मोरङ्ग, झापा, उदयपुर, इलाम र धनकुटा रहेका छन्  । जिल्ला बास्केटवल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदिको अध्यक्षतामा संपन्न कार्यक्रममा प्रमुख अतिथी नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष तथा खेलाडि छनौट समिति संयोजक सुरजकुमार लामाले खेलाडिहरुलाई शुभकामना दिएका थिए । छनौट प्रतियोगिताबाट चैत्र दोस्रो हप्ता नेपालगन्जमा हुने आठौ राष्ट्रिय प्रतियोगिताको लागि महिला १२ जना र पुरुष १२ जना खेलाडी छनौट गरिने छनौट समिति सदस्य पुर्वाञ्चल प्रशिक्षक विकास चाम्लिङले जानकारी गराए । आजको खेल सुनसरी र मोरङ्ग र इलाम र धनकुटा विच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्