सुनसरी प्रदेश १ बास्केटबल च्याम्पियन , प्रदेश नम्बर १ को लागि २४ जना खेलाडी छनौट

सुनसरी प्रदेश १ बास्केटबल च्याम्पियन , प्रदेश नम्बर १ को लागि २४ जना खेलाडी छनौट

बिराटनगर फाल्गुन १२ ,

आठौ राष्ट्रिय प्रतियोगिता तयारिको लागि सम्पन्न प्रदेश १ बास्केटवल खेलाडी छनौट प्रतियोगिता च्याम्पियनको उपाधि सुनसरी बास्केटवल टिमले चुमेको छ ।
शनिवार भएको फाइनल खेलमा सुनसरीले इलामलाई २८–२५ अंकको झिनो अन्तरले पराजित गर्दै प्रदेश १ च्याम्पियन बनेको हो । सुनसरीको यो जित संगै क्षेत्रिय च्याम्पियनसिपको उपाधि चौथो हो । सुनसरीले पाचौ राष्ट्रिय देखि लगातार क्षेत्रिय च्याम्पियनसिपको उपाधि माथि कव्जा जमाउदै आइरहेको छ । खेलको प्रत्येक क्वाटरमा सुनसरी र इलामले ९–६, ६–६, ६–५ र ६–८ अंक जोड्न सफल भएको थियो ।

प्रतियोगिताको तेस्रो उपाधि भने मोरङ्ग जिल्लाले चुमेको छ । उनले तेस्रो उपाधिको लागि भएको खेलमा धनकुटालाई पराजित गर्दै तेस्रो उपाधि माथि कव्जा जमाएको हो । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल बास्केवलका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, कार्यक्रमका सभाध्यक्ष पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समिति अध्यक्ष नविन नगरकोटि, जिल्ला बास्केटवल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदि लगायतले पुरस्कार वितरण गरेका थिए ।

सोहि दिन प्रदेश १ महिला बास्केटवल खेलाडी छनौटका लागि सुनसरी, इलाम र मोरङ्गका खेलाडीहरु विच मैत्रिपुर्ण खेल खेलाइएको थियो । मैत्रि पुर्ण खेलमा ३० जना महिला खेलाडिहरुले सहभागिता जनाएको थियो । छनौट प्रतियोगिताबाट महिला १२ जना र पुरुष १२ जना खेलाडिहरु छनौट समितिले छनौट गरेका छन ।

छनौट हुने खेलाडिहरुमा महिला तर्फ रिना कार्कि, फुर्वा सेर्पा, आङक्षा राई, आसा राई, आस्था राई, अनु राई, सितल राई, तनु राई, प्रिति राई, प्रिति लिम्वु, प्रनिशा ओझा र सदिक्षा भट्टराई रहेका छन । पुरुष तर्फ विजय वुर्जा, सुजन लिम्वु, रोजेस खनाल, समिर निरौला, नविन राई, प्रदिप गुरुङ्ग, रवि वास्फोर, विवेकमनि श्रेष्ठ, विक्रम लिम्वु, सिजन धमला, सुजन राई र सर्वधन राई छनौट भएका छन । उनिहरुलाई छनौट समितिका संयोजक नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, पुर्वाञ्चल प्रशिक्षक विकास चाम्लिङ राई, जिल्ला बास्केवल संघ, सुनसरी अध्यक्ष नारायण सुवेदि र स्वयंसेवक प्रशिक्षक मोरङ्गका सरोज लम्सालले छनौट गरेका हुन ।

छनौट भएको खेलाडिहरुले चैत्र तेस्रो हप्ता देखि नेपालगन्जमा हुन लागेको आठौ राष्ट्रिय प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै बास्केटवल प्रतियोगितामा सहभागिता जनाउनेछन । छनौट प्रतियोगिता धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा संपन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्