भाषाशास्त्री पोखरेलको अन्त्यष्टि : मन्त्रीले झण्डा ओढाए, विराटनगरका मेयरले गरे बिदा घोषणा

<span class='c1'>भाषाशास्त्री  पोखरेलको अन्त्यष्टि : मन्त्रीले झण्डा</span> <span class='c2'>ओढाए, विराटनगरका मेयरले गरे बिदा घोषणा</span>

विराटनगर, १२ फागुन ।  वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री  प्राध्यापक बालकृष्ण पोखरेलको विराटनगर १ मा रहेको परोपकार घाटमा अन्त्यष्टि भएको छ । गएराति २ बजे निधन भएका पोखरेलको परोपकार घाटमा अन्त्यष्टी गरिएको हो । उनको अत्यष्टिमा एक मात्र छोरा मुनाल पोखरेलले दागबत्ती दिएका थिए ।

अन्त्यष्टी गर्ने क्रममा  प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले नेपालको झण्डा ओढाएर  पोखरेलले नेपाली भाषामा पुर्‍याएको योगदानको चर्चा गर्दै श्रद्धाञ्जलि दिएका थिए । मन्त्री घिमिरेले भाषाशास्त्री पोखरेलको निधनले नेपालको भाषिक आन्दोलनमै अपुरणीय क्षति पुगेको बताए । उनले भने, ‘यत्तिको क्षमता भएका प्रतिभा राज्यमा छन् कि छैनन् भन्ने खोजिको विषय हो, उहाँको  देहावशानले राष्ट्रलाई क्षति पुगेको छ ।’  राष्ट्रिय सभा सदस्य खेम नेपालीले शोक सभा कार्यक्रमको संचालन गर्दै गर्दा सबै भाव बिह्वल थिए ।  भाषाशास्त्री पोखलेलको मृत्युले भाषा साहित्यमा एउटा युगको अन्त्य भएको नेपालीले बताए  ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनले राज्यलाई नै ठूलो क्षति पुगेकोले उनको सम्मान महानगरपालिकाले मंगलवार सार्वजनिक बिदा दिने घोषणा गरे । उनले भने, ‘मेरो यो पूर्वघोषित निर्णय हो, भोलि बोर्ड बैठक बोलाएर शोक प्रस्ताव पारित गर्दै पर्सी महानगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गर्दछु ।’

प्राज्ञ दधिराज सुवेदीले नेपाली भाषा र साहित्यमा त्यो बेलाको सोध खोज र अनुसन्धानमा पोखरेलको योगदान कसैले पनि गर्न नसकेको बताए । उनले नेपाली भाषा र साहित्यमा एउटा पाना पल्टिएको व्याख्या गरे । प्रा.डा. टंक न्यौपानेले भाषाको श्रीवृद्धिका लागि भएको योगदानमा पोखरेलको जतिको योगदान अरुले अहिलेसम्म गर्न नसकेको सुनाए ।

एक महिनाअघि देखि थलिएका मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेर मुटुको चाल बन्द भएको उनका छोरा मुनाल पोखरेलले बताए । ८६ वर्षीय प्राध्यापक पोखरेललाई भारतको सिक्किमस्थित गान्टोकमा छोरीको घर गएको बेलामा मस्तिष्कघात भएको थियो ।

गान्टोकबाट काठमाडौं लगि नर्भिक अस्पतालमा उपचार भएको थियो ।  स्वास्थ्यमा केही सुधार भएपछि उनलाई विराटनगर ल्याएर स्पार्क अस्पतालमा उपचार गराइरहेकोमा एक्कासी स्वास्थ्य बिग्रिएपछि गत शनिवार श्री अस्पतालमा उपचारपछि केही सहज भएपछि घर लगिएको थियो । शनिवार साँझसम्म आएका व्यक्तिसँग राम्रै बोलीचाली गरेका पोखरेलको गएराति २ बजे विराटनगरको कलेज रोडस्थित आफ्नै घरमा निधन भएको हाे ।

नेपाली भाषा साहित्यमा पोखरेलको योगदान

बालकृष्ण पोखरेलको जन्म वि.सं. १९९० भाद्र कृष्णाष्टमीमा भएको हो। बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्ण छायाँदेवीका सुपुत्रका रूपमा चिसापानीगढी, मकवानपुरमा भएको हो । उनी रूपावासी, वसन्त, वत्सल, ईसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिलो, हिमालपाने बराल आदि उपनामबाट पनि नेपाली साहित्यका क्षेत्रमा चिनिन्छन् ।उनी कलकत्ता विश्वविद्यालयबाट ऐतिहासिक भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी वि.सं. २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न रहेका  थिए । २०२७ सालदेखि २०३६ सालसम्म महेन्द्र मोरङ क्याम्पसमा र स्नातकोत्तर क्याम्पस खुलेपछि सोही क्याम्पसमा भाषाविज्ञान प्राध्यापन गर्ने पोखरेलले २०४६ मा अवकाश लिएर स्वतन्त्र रूपमा अध्ययन तथा लेखन गरेको पाइन्छ ।उनी २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य रहे, उनी आजीवन सदस्य थिए । सो समयमा उनले वृहत् नेपाली शब्दकोशको सम्पादनमा गहनतम योगदान पुर्‍याएका छन् । उनले नेपाली–अंग्रेजी–अनुवाद नेपाली शब्दकोष निकालेका थिए । पोखरेल अनेक भाषिक तथा साहित्यिक संस्थाहरूमा आबद्ध थिए । उनले ५ सय वर्ष पुस्तक निकालेर ऐतिहासिक रुपमा आफूलाई भाषामा चिनाएको प्राज्ञ सुवेदीले सुनाए । उनले लेखेको खस जातिको इतिहासले पनि उनलाई  एउटा स्थान दिएको बताइन्छ । प्राज्ञ सुवेदीले भने, 'बालकृष्ण पोखरेलले जीवनका कालखण्डमा ३ पटक जन्म लिए । एउटा शब्दकोष निकाल्दा, अर्को खसभाषाको इतिहासको पुस्तक र तेश्रो भनेको पाँच सय वर्ष पुस्तक निकाल्दा समेतलाई हामीले लिएका छौं ।' उनले कति पुस्तक कतिलेखे लेखाजाेखा उनैसँग पनि थिएन तर जानकारहरुका अनुसार करिब १३० पुस्तक लेखेकाे र धेरै पाण्डुलिपी हराएकाे पाईएकाे छ ।

भिडियाे यस्ताे थियाे

https://www.facebook.com/ourbrt/videos/252759278989416/

१. शान्ति सेना (कविता संग्रह, वि.सं. २०१०)
२. रसिला कविता (बालकवितासंग्रह, वि.सं. २०२५)
३. साना-सानी (बालकवितासंग्रह, वि.सं. २०२५)
४. सौरी (खण्डकाव्य, वि.सं. २०४०)
५. एकादेशमा (बाल कथासंग्रह)
६. फुटेको ऐना (कथासंग्रह, वि.सं. २०२९)
७. सुनगाभा (कथासंग्रह, वि.सं. २०२९)
८. सोधाई र जवाफ (कथासंग्रह, वि.सं. २०३१)
९. कानेखुशी (कथा संग्रह, वि.सं. २०३४)
१०. कलेज स्तरमा निबन्धै निबन्ध (निबन्ध संग्रह)
११. उकुस मुकुस (निबन्धसंग्रह)
१२. तेस्रो एकमुखे रुद्रक्षको खोजी (निबन्धसंग्रह)
१३. हिमाली रचना (बालनिबन्ध संग्रह)
१४. हस्ताक्षर हुन नपाउँदै (नाटक)
१५. यातना (उपन्यास)
१६. खोलावारि खोलापारि (उपन्यास)
१७. मित्रता (उपन्यास)
१८. परिचय (उपन्यास)
१९. जोर जुलुस (उपन्यास)
२०. तीन कथा (उपन्यास)
२१. सेतो सिन्दुर (उपन्यास)
२२. सुनीरा (उपन्यास)
२३. झिमझिम परेली (उपन्यास)
२४. कल्पनाको डीलबाट (उपन्यास)
२५. बरालिएको मान्छे
२६. पराई मान्छे (उपन्यास)
२७. हिमाली साहित्य (भाग ४-१०)
२८. पाँच सय वर्ष (अनुसन्धानात्मक)
२९. नेपाली भाषा र साहित्य
३०. एक मन सात चिन्तन (समालोचना)
३१. राष्ट्रभाषा (भाषिक कृति)
३२. खसजातिकाे इतिहास (अनुसन्धानात्मक ग्रन्थ २०५५)
३३. झर्रा शब्द्याैली काेश (२०६४)

(प्रस्तुती : सुमन सुस्केरा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्