भारत-अस्ट्रेलियाबीच रोमान्चक खेल : अस्ट्रेलियाले ३ विकेटले जित्यो पहिलो टी २०

भारत-अस्ट्रेलियाबीच रोमान्चक खेल : अस्ट्रेलियाले ३ विकेटले जित्यो पहिलो  टी २०

बिराटनगर फाल्गुन १३ ,

भारतमा जारी भारत तथा अस्ट्रेलियाबीचको क्रिकेट सिरिज अन्तरगत भएको टी २० म्याचमा भारतलाई अस्ट्रेलियाले ३ विकेटले पराजित गरेको छ। विशाखापत्तनमा भएको खेलमा पहिले ब्याटिङ गर्दे भारतले ७ विकेटको क्षतिमा १२६ रन बनाएको थियो।

१२७ रनको लक्ष्य सहज भएपनि खेल भने रोमाञ्चक हुन पुग्‍यो। जितका लागि अन्तिम ओभरमा अस्ट्रेलियाले १४ रन जोड्नु आवश्यक थियो। यस दबाबलाई अन्तिम  ब्याटिङ लाइनअपमा रहेका जाए रिचर्डसन र पैट कमिंसले सम्हाले र टिमलाई जित दिलाए।

दुबैले  ३-३ बल खेल्दै जितका लागि आवश्यक १४ रनमा समान ७-७ रनको योगदान दिए। यसमा यसक्रममा दुबैले १-१ चौकासमेत प्रहार गरेका थिए। जितसँगै दुई म्याचको टि-२० सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्