नेपाली महिला क्रिकेट टिमको अर्को सफलता , कुबेत ३० रनले पराजित

<span class='c1'>नेपाली महिला क्रिकेट टिमको अर्को सफलता</span> <span class='c2'>, कुबेत ३० रनले पराजित</span>

आइसीसी टी–२० महिला एसिया छनोट अन्तर्गत नेपालले पार्चाैँ जित हात पारेको छ । नेपालले अन्तिम खेलमा कुबेतलाई ३० रनले पराजित गर्दै जित हात पारेको हो।

थाइल्यान्डको बैंककमा टस हारेर ब्याटिङ गरेको नेपालले कुवेतलाई १ सय १७ रनको लक्ष्य दिएको थियो। कुवेतले निर्धारित ओभरमा अलआउट हुँदै ८६ रन मात्र बनाउँदा नेपालले ३० रनको जित हात पारेको हो ।

पाँच जित हात पारे पनि ग्लोबल क्वालिफायर पुग्ने सम्भवना भने लगभग सकिएको छ। थाइल्याण्डसँग बराबर अंक रहेको नेपाललको १० अंक छ । तर थाइल्याण्डको रनरेट नेपालको भन्दा राम्रो र थाइल्याण्डले एक खेल खेल्न बाँकी छ । थाइल्याण्डले आजै युएईसँग खेल्दै छ । यदि खेल जितेमा थाइल्याण्ड अपराजित रहँदै ग्लोबल क्वालिफायर पुग्नेछ।

नेपालको जितमा विन्दु रावल सर्वाधिक २८ रन, रुविना क्षेत्री २२, नेरी थापा १९, काजल श्रेष्ठले १८ रनको योगदान दिइन्। नेपालकी रुविना र करुना भण्डारीले कुवेतविरुद्ध समान ३÷३ विकेट लिइन भने नेरी थापा र कविता कुँवरले १÷१ विकेट लिइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्