अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको लागि साढे पाँच करोड रुपैंयाँ संकलन

अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको लागि साढे पाँच करोड रुपैंयाँ संकलन

चितवन । चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको लागि साढे पाँच करोड रुपैंयाँ संकलन भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष एवम् कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको लागि छ चाँडै नै डीपीआरको काम सक्ने जानकारी दिए ।

मास्टर प्लान्ट र डिजाइनको काम भइरहेको उनले बताए । प्रारम्भिक चरणका सबै काम सकिएपछि शिलान्यास गर्ने र शिलान्यास भएको दुईवर्षभित्र रंगाशाला निर्माण सम्पन्न हुने कट्टेलको भनाइ छ ।

निर्माण घोषणा गरेदेखि नै विभिन्न खालका टिकाटिप्पणी आएको भन्दै उनले नकारात्मक सोच त्यागेर सकारात्मक काममा लाग्न सबैलाई आग्रह गरे ।

नकारात्मक टिप्पणी आए पनि हाम्रो लागि सबै स्रोतसाधन भनेकै तीन करोड नेपाली जनता हुन भन्दै कट्टेलले रंगाशाला निर्माणको लागि साढे पाँच करोड रूपैयाँ संकलन भइसकेको बताए ।

बाँकी रकम संकलनका लागि धुर्मुस–सुन्तली फेरि विदेश जाने तयारी भइरहेको पनि जनाइएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ स्थित रामपुर क्याम्पसले उपलब्ध गराएको २० विघा ६ कठ्ठा जमिनमा रंगाशाला निर्माण गर्न लागिएको हो ।

रंगाशाला निर्माणमा ३ अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्