मगमग झापा गोल्डकप : एपिएफलाई हराउँदै आर्मी सेमिफाइनलमा पुग्यो

<span class='c1'>मगमग झापा गोल्डकप : एपिएफलाई</span> <span class='c2'>हराउँदै आर्मी सेमिफाइनलमा पुग्यो</span>

विराटनगर फाल्गुन २२ ।

विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारमा आफ्‍नो स्थान सुरक्षित गरेको हो।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो क्वाटरफाइनल खेलमा आर्मीले पहिलो हाफमा नै अग्रता लिएको थियो। पहिलो हाफको ४३ औँ मिनेटमा आर्मीका टंक बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको अन्त्यतिर आर्मीले २ गोल गर्न सफल भयो।

खेलको ८२औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए। आर्मीका फरवार्ड नवयुग श्रेष्ठले त्यसको एक मिनेट बित्न नपाउँदै तेस्रो गोल गरी टिमको जीत सुनिश्चित गरेका थिए।

पहिलो हाफमा टेकबहादुर बुढाथोकीले प्रहार गरेको बल दोस्रो पोस्टबाट फर्किएपछि टंक बस्नेतले गोल गरेका थिए। त्यस्तै सन्तोष तामाङको गोल सिधैं फ्रि-किकबाट भएको थियो भने नवयुगले भने गोलकिपर विकेश कुथुले रिलिज गरेको बलबाट गोल गरेका थिए।

खेलमा म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ घोषित भए। उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे। बुधबार विभागीय टोली नेपाल प्रहरी र थ्री स्टार क्लबबीच खेल हुने आयोजकले जनाएको छ।

यसअघि झापा ११ ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ भने एपीएफ, मोरङ ११ र हङकङ नेप्लिज एकेडेमीले पराजय व्यहोर्दै घर फर्किसकेको छन्। गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्