कप्तान लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउदा बार्सिलोनाको सहज जित

कप्तान लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउदा बार्सिलोनाको सहज जित

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले नयाँ रेकर्ड बनाउदा स्पेनिस ला लिगा फुटबलमा सहजजित निकालेको छ ।  शनिबार राति भएको खेलमा रायो भालेकानोलाई ३–१ गोल पराजितगर्दै बार्सिलोनाले शिर्ष स्थानको यात्रालाई कायम राखेको हो ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा टोलीलाई जित दिलाउन जेराड पीके,लियोनल मेस्सी र लुइस स्वारेजले एक एक गोल गरे । उता भालेकानोका तर्फबाट राउल डी थोमसले एक गोल गरे ।

बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रतालाई उल्टाएको थियो । खेलको २४ औं मिनेटमा थोमसको गोलबाट भालेकानोले सुरुवाती अग्रता लिएको थियो । भालेकानोले उक्त अग्रतालाई जोगाई राख्नभने सकेन । खेलको ३८ औं मिनेटमा मेस्सीको फ्रि किक पासमा पीकेले गोल गर्दै बार्सिलोनाक ालागि बराबरी गोल फर्काए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा बार्सिलोनाले बाँकि दुई गोल दोस्रो हाफमा गर्न सफल भएको थियो । खेलको ५१ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रतादिलाए । खेलको ८२ औं मिनेटमा इभान राकिटिकको पासबाट स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–१ को अग्रता बनाए ।

बाँकी समय दुबै टोलीले गोल गर्न नसक्दा बार्सिलोनाले सहज जित निकाल्न सफल भयो । जितसंगै बार्सिलोनाले २७ खेलबाट ६३ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको ५६ अंक छ । पराजित भालेकानोले २३ अंकसंगै पुच्छरबाट दोस्रो स्थानमा छ ।

मेस्सीले बार्सिलोनाका लागि सबभन्दा धेरै खेल खेल्ने दोस्रो खेलाडीको रुपमा आफूलाई स्थापति गर्न लागेका हुन् । यसअघि बार्सिलोनाका पूर्वकप्तान आन्द्रेस इनिस्टाले बार्सिलोनाका लागि सबैभन्दा धेरै खेल खेल्ने दोस्रो खेलाडीको रेकर्ड बनाएका थिए ।

मेस्सीको नयाँ रेकर्ड  

लियोनल मेस्सीले बार्सिलोनाका लागि सबै भन्दा धेरै खेल खेल्ने दोस्रो खेलाडीको रेकर्ड बनाएका छन् । बार्सिलोनाका लागि सबै भन्दा धेरै खेल खेल्ने खेलाडीको सूचीको पहिलो स्थानमा जाबि हर्नान्डेज छन् ।  १९९८ देखी २०१५ सम्म बार्सिलोनाका लागि खेलको उनले ५ सय ५ खेल्दै ५८ गोल गरेका छन् । उनी बार्सिलोनका लागि मिड फिल्डर पोजिसनबाट खेल्थे ।

यसअघि दोस्रो स्थानमा रहेका आन्द्रे इनिस्टाले भने ४ सय ४२ खेल खेलेका छन् । इनिस्टाले २००२ देखी २०१८ सम्म बार्सिएलोनाका लागि ४ सय ४२ खेल खेल्दै ३५ गोल समेत गरेका छन् । मेस्सीले रोयो भालेकानोविरुद्धको खेल खेलेसंगै मेस्सीले बार्सिलोनाका लागि ४ सय ४३ खेल पुगाउदै बार्सिलोनाका धेरै खेल खेल्ने दोस्रो खेलाडीको रुपमा नयाँ रेकर्ड बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्