पुरानो बुलेट आजबाट मुलुकभरका हलमा प्रर्दशनमा आउदै

पुरानो बुलेट आजबाट मुलुकभरका हलमा प्रर्दशनमा आउदै

विराटनगर चैत्र १  ।

सञ्चारकर्मीदय भीषण राई र सन्तोस राईले डेब्यू निर्देशनमा तयार पारिएको फिल्म ’पुरानो बुलेट’ आजबाट मुलुकभर नै प्रर्दशनमा आउदै छ । पुर्वेली जनजीवनलाई केन्द्रित गरेर निर्माण गरिएको फिल्मलाई पूर्वका दर्शकहरुले मन पराउने विस्वास गरिएको छ । फिल्म ’पुरानो बुलेट’मा अनुपबिक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बुसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, वारात लिम्बु, बादल श्रेष्ठ, करण धिताल र युडी गुप्ताको अभिनय समावेश छ । फिल्मको कथा पटकथा लेखनमा निर्देशक भीषणले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन् ।

अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु निर्मातामा छन् । यता विराटनगरको सिटी सिनेमा, सेन्ट्रम मल, र हिमालयन सिनेमा हलमा समेत प्रर्दशनी हने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्