सन्दिप लामिछाने आईपिएल खेल्न बुधबार दिल्ली जाने , पहिलो खेल मुम्बई ईन्डियन्ससंग

सन्दिप लामिछाने आईपिएल खेल्न बुधबार दिल्ली जाने , पहिलो खेल मुम्बई ईन्डियन्ससंग

बिराटनगर चैत ३,

नेपाली लेग स्पिनर सन्दिप लामिछाने विश्व चर्चित घरेलु क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग (आईपिएल) मा सहभागी हुन बुधबार दिल्ली जाने भएका छन ।

सन्दीपले दिल्ली जानुअघि मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्ने र बुधवार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम तय भएको व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन ।दोस्रोपटक आईपिएलमा सहभागिता जनाउन लागेका सन्दिपले गत सिजनको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ३ खेलबाट ५ विकेट हात पारेका थिए ।

१२ औं सिजनको आईपिएल प्रतियोगिता अगामि चैत्र ९ गतेबाट सुरु हुँदैछ भने सन्दिप आवद्ध दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेल चैत्र १० गते मुम्बई ईन्डियन्ससङ्ग मुम्बई स्थित वाङ्खडे स्टेडियममा खेल्दैछ ।

गत सिजनमा पहिलोपटक आईपिएलमा सहभागिता जनाएका सन्दिपलाई दिल्लीले पुरानै मुल्यमक रिटेन गरेको थियो । आईपिएलपछि चर्चित बनेका सन्दिप लामिछानेले बिग ब्यास लिग, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग र टि-१० जस्ता फ्रेन्चाईज लिगहरुमा सहभागिता जनाईसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्