पूर्वेली ठेट संवादमा बनाइएको चलचित्र ‘पुरानो बुलेट’ हेर्ने दर्शकको हाँसो सँगै आँशु

पूर्वेली ठेट संवादमा बनाइएको चलचित्र ‘पुरानो बुलेट’ हेर्ने दर्शकको हाँसो सँगै आँशु

विराटनगर ४ चैत्र ।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’लाई दर्शकले अत्यधिक मन पराएका छन् । ‘ठेट’ पूर्वेली भाषा नेपाली संवाद र पुर्वेली लवजलाई समावेश निर्माण गरिएको चलचित्रलाई बालक, युवा युवती, वृद्ध सबैले रुचाएको पाइएका छन् ।

झापा विर्तामोडको क्युएफएक्स हलमा चलचित्र हेरेर निस्किाएका तेज लिम्बुको आँखा रसाएको थियो । उनले भने–‘धेरै वर्षपछि यस किसिमको चलचित्र हेर्न पाएं । मेरो जीवनसँग ठ्याक्कै मेल खाएकोले मैले फिल्म हेर्दा चार पटक आँसु झारें अनि बीच बीचमा दिल खोलेर हांसे पनि ।’

यसरी नै झापाको बुधबारे, इटाभट्टा र दमकमा पनि दर्शकहरुले अत्यधिक चलचित्रलाई मन पराएका छन् । यस्तै इटहरीको इलाइड सिनेमा हलमा फिल्म हेरेर पार्किमा भेटिएका निरज बस्नेतले भने–‘मलाई पुरानो बुलेट चलचित्रको सबैभन्दा राम्रो पक्ष पैसा कमाउन र समाजमा आफ्नो छबी बनाउन विदेशै जानु पर्दैन भन्ने मूल सन्देश मन प¥यो ।’ यस चलचित्रमा पैसा कमाउन विदश नगई नेपालमै पनि दिनरात मेहनत गरे आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने मूल सन्देश दिइएको छ । चलचित्र ‘पुरानो बुलेट’को वरीपरी घुमेको छ र त आम युवाहरुको जीवनसँग मेल खाएको छ ।
यस्तैगरी चलचित्र इटहरीको आर.एस. सिनेप्लेक्स, धरानको गोर्खा सिनेमा, बेलबारीको सारदा चलचित्र मन्दिर, पुनम चलचित्र मन्दिर बुधबारेमा एकसाथ प्रदर्शन भइरहेको छ ।

मोरङको पथरीमा अवस्थित कञ्चन चलचित्र मन्दिरमा भने चलचित्र डे र नाइट शो नै भइरहेको सञ्चालक मदन गुरागाईले जानकारी दिए । पथरीशनिश्चरे–७ का मुकेश राईको पनि मन छाएको प्रतिक्रिया दिए । उनले भने–‘बाबु आमासँग बस्दाको रमाइलो पल अनि अन्तै कतै गएर एक्लो जीवन बिताउँदाको पीडाले मलाई टच गर्यो । मलाई लाग्छ यो चलचित्रले आम नेपाली युवाको कथा बोकेको छ ।’

विशेषगरी चलचित्रका मुख्य नायक अनुप विक्रम शाहीको तारिफ सबैले गरेका छन् । यस्तैगरी वर्षा शिवाकोटी, माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जन, बारत लिम्बुको अभिनयलाई पनि दर्शकहरुले एकदमै मन पराएको पाइएको छ । यता विराटनगरको सेन्ट्रल मल्टिप्लेक्स हल र सिटी सिनेमा हलमा पनि प्रर्दशन भईरहेको सिटी सिनेमा हलका संचालक मुकेश मेहताले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्