उर्लाबारीका निशान र बिराटनगरकि मनिषाले गएको ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक (भिडियो)

उर्लाबारीका निशान र बिराटनगरकि मनिषाले गएको ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक (भिडियो)

प्रदीप भट्टराई निर्देशित चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।

विवाहको परिवेशमा खिचिएको उक्त गीतमा चलचित्रका कलाकारसँगै निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्रीद्धय करिश्मा मानन्धर र सारा र्शिपालीले कम्मर मर्काएका छन् ।

‘माया पिरिम’बोलको उक्त गीतमा निशान भट्टराई र मनीषा पोखरेलको स्वर रहेको छ । गीतमा कृष्ण भारद्वाजको सङ्गीत रहेको छ भने लेखु सहयात्रीको शब्द रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका अधिकांश कलाकारहरू विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र सिंह बनियाँ, रविन्द्र झा लगायतका कलाकारले कम्मर मर्काएका छन् ।

चलचित्र जेठ ३ गते प्रदर्शन हुने निर्माण पक्षले घोषणा गरेको छ । यसअघि वैशाख २७ गते रिलिज गरिने भनिएको फिल्म सो मितिमा बलिउड र हलिउडको दुई ठुला ब्यानरका चलचित्र रिलिज हुने भएपछि जात्रै जात्राले प्रदर्शन मिति सारेर जेठ ३ मा पुर्याएको हो ।

https://www.youtube.com/watch?v=aeQF6KdUdj8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्